आइस हक्की अध्यक्षमा पाठक

काठमाडौ, ९ साउन ।
नेपाल आइस हक्की संघको विशेष साधारण सभाले संघका कार्यवाहक अध्यक्ष भुवन पाठकलाई बुधबार सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

संघमा रिक्त रहेको अध्यक्ष पदको पदपूर्ति गर्न डाँकिएको विशेष सधारणसभाले पाठकलाई अध्यक्षमा चयन गरेको हो । साधारण सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र विभिन्न १४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको आइस हक्की संघले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य देव अधिकारीले पाठकलाई प्रमाण पत्र प्रदान गर्नुका साथै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । पाठकको कार्याकाल १५ महिना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close