नवौं राष्ट्रिय खेलकुद : कास्की जिम्न्याष्टिकको छनोट सम्पन्न

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार जिम्न्याष्टिकको छनोट सम्पन्न भएको छ ।

जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वय तथा कास्की जिल्ला जिम्न्यष्टिक संघको आयोजनामा भएको प्रतियोगिताबाट ८ महिला र ९ पुरुष गरी १७ जना खेलाडीहरु छनोट हुन सफल भएका छन् । छनोट अन्तर्गत महिला र पुरुष गरी ३६ जनाले सहभागिता जनाएका थिए ।

छनोट हुन सफल पुरुषतर्फ रोशन पुन, विपिन पुन, प्रवल गुरुङ, आशिष खत्री, रोशन महर्जन, रोहित शाही, सुवास थापा, अभिषेक गुरुङ र मियोन गुरुङ रहेका छन् । त्यस्तै महिलातर्फ सुवी भाषिमा, दुधकला साउद, सिता कुमारी खड्का, कृति खत्री, गिता साउद, करुणा लामा, समिक्षा तझ्या र मोनालिसा कार्की रहेको संघका अध्यक्ष राजु कायस्थले जनाएका छन् ।

छनोट कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र गुरुङ, जिल्ला खेलकुदका राजन वडगामी र तिलक क्षेत्री, कार्यालय प्रमुख प्रकाश बराल, संघका सचिव प्रकाश सापकोटा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close