पुष्पलालको स्मृतीमा व्याडमिण्टन हुने

साउन ९,पोखरा ।
पुष्पलाल श्रेष्ठको ४० औं स्मृती दिवसको अवसरमा नेपाल राष्ट्रिय बाणिज्य संघ कास्की, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कास्की र उद्योग तथा व्यावसायिक महासंघ समन्वय समिती कास्कीको संयुक्त आयोजनामा तेश्रो खुल्ला व्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।

यहि साउनको १२ देखि १४ गते सम्म पोखरा रंगशालामा हुने गण्डकी प्रदेश स्तरिय प्रतियोगितामा विभिन्न पाँच इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक संजिब बहादुर कोइरालाले जानकारी दिए ।

प्रतियोगितामा खुल्ला, पुष्पलाल ए, पुष्पलाल बि, ४५ र ५५ वर्ष माथिको भेट्रान्सतर्फ प्रतिस्पर्धा हुने उनले बताए । सबै इभेण्टमा डबल्सतर्फ प्रतिस्पर्धा हुने छ ।

बिजेता खेलाडीहरु क्रमश: प्रथमले २० हजार, द्वितियले १५ हजार तथा तृतीयले नगद १० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तिब्र पारिएको कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close