इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टनमा दिपेश र सुनिल तेस्रो चरणमा

काठमाडौं, ८ साउन ।
एपीएफ क्लबका दिपेश धामी र जेष्ठ ब्याडमिन्टनका सुनिल जोशी अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलदकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा मंगलबार भएको खेलमा दिपेशले प्रदेश नम्बर ५ का निरन्ज्न चौधरीलाई २१–१०, २१–७ को सोझो सेटमा हराए । अर्को खेलमा सुनिलले पनि प्रदेश ५ कै शिव थापालाई २१–७, २१–६ को सेटमा स्तब्ध बनाए ।

सोही स्पर्धाको अर्को खेलमा नेपाल पुलिस क्ल्बका जीव्न आचार्यले भारतका उदय बहादुर भट्टाचार्यलाई २१–६, २१–९ को सेटमा हराए । बैकुण्ठ श्रेष्ठले प्रदेश ४ का भुगोल गुरुङसँग वाकओभर पाए । पुलिसका दिपक बोहोराले प्रदेश ६ का जित प्रसाद लामिछानेलाई २१–११, २१–८ ले हराए ।

अन्य खेलमा भारतका शुभ डेले प्रदेश १ का प्रनिशसिंह ठकुरीलाई २१–१६, २१–१९, एपीएफका विजित थापा मगरले बाँकेका सरोज अन्सारीलाई २१–१४, २१–१७, बंगलादेशका महमद सलमान खानले भारतका राजदिप शर्मालई २१–१५, २१–११ र एपीएफका निरञ्जन देवकोटाले प्रदेश १ का सुजन श्रेष्ठलाई १३–२१, २१–१८, २३–२१ को सेटमा हराउँदै तेस्रो चरणमा पुगे ।

यसैगरी सोही स्प्र्धाको अर्को खेलमा त्रिभुवन आर्मी क्लबका प्रफुल मर्हजनले प्रदेश ७ का जेवी साउदसँग वाकओभर पाए । आर्मीकै रुकेश मर्हजनले एमआईबीसीका निरबिक्रम देवकोटालाई २१–१८, २१–११, भारतका शेख महमद रहिमले एपीएफका सुदिप सेढाईलाई २१–१६, २१–१८, नेपालका प्रिन्स दाहालले एपेक इन्टरनेशनलका अकिल श्रेष्ठलाई २१–९, २१–१५, आर्मीका प्रविन लिङथेपले प्रदेश ७ का देवराज रानालाई २१–१९, २१–१८ तथा पुलिसका विष्णु कटुवालले प्रदेश २ का राम कुमार श्रेष्ठसँग वाकओभर पाउँदै तेस्रो चरणमा स्थान बनाए ।

पुरुष एक्जुकेटिभ एकल

यसैगरी एपेक इन्टरनेशनलका अकिल श्रेष्ठ र कुमारी बैंकका विक्रम निरौल पुरुष एक्जुकेटिभ तर्फ तेस्रो चरणका प्रवेश गरेका छन् । अकिलले नेपाल मेगा बैंकमा खेम भट्टलाई २१–१०, २१–१३ र विक्रमले लाइफ फर्माका किरण विष्टलाई २१–१२, २१–१३ को सेटमा हराए ।

सोही स्प्र्धाको अन्य खेलमा केआरएसका राम वानियाले नेपाल राष्ट्र बैंकका नारायण प्रसाद पौडेललाई २१–४, २१–६, आरएस अन्ट्रक्सनका रजिन खड्काले हिमालयन बैंकका सुरजन बहादुर सिंहलाई २१–९, २१–२, राष्ट्र बैंकका बमबहादुर मिश्रले सेन्चुरी बैंकका रञ्जन खड्कालाई २१–१७, २१–१५, जेष्ठ सेभिङका सुजन थापाले एनएसीका नविन मगरसँग वाकओभर पाए । अर्को खेलमा जेष्ठ सेभिङकै सुनिल जोशीले सेन्टि जेभियरका सुनिल रत्न बराईलाई २१–९, २१–८, लाइफ फर्माका विनोद पौडेलले जेष्ठका मधुसुदन पाठकलाई २१–१७, २१–१४, नेपाल एसबीआई बैंकका नवराज जोशीले अल्कीका केशवराज गिरीलाई २१–६, २१–९ र एनएसीका प्रशन ओलीले नविलका छविकुमार जोशीलाई २१–१७, २७–२५ ले हराउँदै तेस्रो चरणमा पुगे ।

छात्र यू–१९ एकल

यसैगरी छात्र यू–१९ एकलतर्फ आर्मीका प्रफुल मर्हजन नेपालका मोहन गुरुङलाई २१–४, २१–८ र प्रदेश ६ का नगेन्द्र बम ठकुरीले जेष्ठका अभियान कस्यपलाई २१–१९, २१–१९ले हराउँदै तेस्रो चरणमा पुगेका छन् । अर्को खेलमा प्रदेश १ का प्रनिश सिंह ठकुरीले बाँकेका संगम पुनलाई २१–१५, २१–१६ ले हराए ।

सोही स्प्र्धामा प्रदेश ७ का अमृत चौधरीले जेष्ठका प्रियान्सु क्षेत्रीलाई २१–१५, २१–१९ ले हराउँदै तेस्रो चरणमा पुगेका छन् । आर्मीका प्रविन लिङथेपले नेपालका सञ्जिव भण्डारीलाई २१–१३, २१–१६, अन्नपूर्ण राइसका दिप्रिश बज्राचार्यले प्रदेश ४ का सलिन पौवीलाई २१–१३, १५–२१, २३–२१, जेष्ठका सुनिल जोशीले प्रदेश १ का सत्यम सुब्बालाई २१–६, २१–९ र नेपालका सविन तामाङले सीजीबीसी टिमोरका प्रतिक अर्याललाई १७–२१, २१–१७, २१–१५ ले हराए ।

सोही स्पर्धाको अन्य खेलमा टंकेश्वरका विनायक लाल श्रेष्ठले नख्खीपोटका आशिष राईलाई २१–१९, २१–१०, प्रदेश ४ का विधान अधिकारीले प्रदेश ७ का देवराज रानालाई २१–१३, २१–१५, धादिङका आयुश श्रेष्ठले प्रदेश २ का धिरज शाहलाई २२–२०, १३–२१, २३–२१, आर्मीका रुकेश मर्हजनले प्रदेश ५ का सफल थापालाई २१–१५, २१–११, प्रदेश ६ का निरञ्जन चौधरीले प्रदेश २ का कौशिक राज गिरीलाई २१–७, १७–२१, २१–१६, प्रदेश ५ का शिव थापाले काठमाडौंका युवेश धौवडेललाई २१–७, २१–५, आर्मीका दिवश शंकरले जेष्ठका पेम्बा शेर्पालाई १९–२१, २१–१६, २१–१८ तथा नेपालका प्रिन्स दाहालले रिसव पौडेललाई २१–५, २१–१० को सेटमा हराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close