
केशव पाठक,
पोखरा, ८ साउन
पोखरा फुटबल रंगशालाको निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले एक महिना अघि आह्वान गरेको टेण्डरमा जम्मा दुई वटा कम्पनीले प्रस्ताब पेश गरेका छन ।
प्रस्ताब पेश गरेका दुई कम्पनीमा एक चिनिया र एक भारतिए कम्पनी रहेका छन । दुबै कम्पनीहरु नेपाली जोइन्ट भेन्चर कम्पनी संग आवद्ध छन । स्मरिणय के छ भने ६ महिना अघि पनि यि दुबै कम्पनीले मात्रै निर्माणका लागि प्रस्ताब पेश गरेका थिए । उनीहरुले दो¥हाएर प्रस्ताब पेश गरेका हुन ।
रङशाला निर्माणका लागि प्रस्ताब पेश गर्नेमा चाइनाको सिएमइ कन्स्ट्रक्सन् प्रोजेक्ट बेइजिङ कं ली ले नेपालको सि.ए.बी कन्सट्रक्सन् एचडी. लि.जावलाखेल ललितपुरकोे संगको जोइन्ट भेन्चरमा तथा भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा प्रस्ताब पेश गरेका हुन ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा महिला फुटबल आयोजना गर्ने गरि परिषदले करिव १ अर्व १५ करोडको लागतमा निर्माण गर्न लागेको फुटबल स्टेडियम छ महिना अघि गरिएको टेण्डरमा जम्मा एक कम्पनीको टेण्डर परेको थियो । जसलाई परिषदले अस्विकृत गर्दै दोश्रो टेण्डर असारमा आह्वान गरेको थियो ।
१३ औं सागको आयोजनाका लागि केबल नेपाल संग ८ महिना बाँकी रहंदा पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने र त्यसमा प्रतियोगिता हुनेमा शंका उत्पन्न भएको छ ।
परिषदका पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर विश्वमित्र सञ्जेलले अबको १५–२० दिनमा दुबै कम्पनीको प्राविधिक मुल्याकंन गरिने बताए । प्राविधिक मुल्याकंन पछि मात्रै आर्थिक प्रस्ताब हेरिने र जसले कम मुल्याकंनमा विडिङ गरेको छ उसैलाई रंगशाला निर्माणको जिम्मा दिइने उनले बताए ।
तस्बिर : शुर्दसन रंजित