
नेपाली फुटबलको इतिहासमा कृष्ण थापाको नाम नै काफि छ । ६३ वर्षिय थापा अखिल नेपाल फटबल संघ (एन्फा)को केन्द्रिय उपाध्यक्षमा निर्वाचित भए पछि अझै बढी तन्नेरी भएको महशुस गर्छन । पुख्र्यौली घर पोखरा २७ हेम्जाका थापा नेपालका पहिलो व्यवसायिक फुटबलर हुन । २०३१ देखि २०४४ साल सम्म लगातार राष्ट्रिय टिम बाट नेपाली फुटबलको प्रतिनिधित्व गर्ने थापाले खेल जिवन लगतै २०६८ सम्म राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी वहन समेत गरेका छन । नेपाली खेलकुदको छाता संस्था राष्ट्रिय खेलकुद परिषदका फष्र्ट क्लास रिटायर्ड अफिसर थापा हाल एन्फा टेक्निकल समितीको संयोजक र मोफसलमा हुने राष्ट्रिय फुटबल प्रतियोगिताहरुको श्रेणी निर्धारणको संयोजक गहन जिम्मेवारी सम्हालिरहेका छन । नेपाली फुटबलको बारेमा सम्पादक केशब पाठकले उपाध्यक्ष कृष्ण थापा संग गरिएको कुराहरु ः
अबको एन्फा नेपालको कुन बाटो बाट अघि वढदै छ ? नेपाली फुटबल प्रेमीहरुले चाहेको परिवर्तनको स्वरुप कहिले बाट देख्न सक्छन होला ?
हामी नयाँ एजेण्डका साथ निर्वाचित भएका हौ । मुख्य कुरा के छ भने सामुहिक नेतृत्व, विकेन्द्रिकरण र फुटबल बिकास यि तिन कुराले नै हामीलाई मतदाताले पत्याएका हुन र जितेका हौं । चुनावमा नारा लगाउनु र कार्यन्वयन गर्नु यि दुइ फरक पाटा हुन सक्लान । परिवर्तन तुरुन्तै देखिने कुरा पनि होइन । तर हामी जुन गति बाट अघि बढ्दै छौं त्यो सबैले महशुस गर्दैछन ।
हामीले एन्फालाई साँच्चिकै त्यो नयाँ युगमा प्रवेश गराउन यो दुइ महिनामा गरिएका प्रयास महत्वपूर्ण छन र अब छिट्टै नेपाली फुटबल प्रेमीहरुले चाहेको परिवर्तन महशुस गर्ने गरि नतिजा आउनेछ । एन्फा अब नयाँ दृष्टीकोणका साथ अगाडी बढ्दैछ । अब फिफा बाट पनि लामो समय देखि रोकिएको रकम हरु पनि आउन थालेको छ । यसले हामीलाई थप उत्साहित बनाएको छ । सन २०१९ सम्म नेपालमा फुटबल बिकासका लागि ८०–८२ लाख डलर आउने छ । यसकारण पनि धेरै परियोजनाहरुमा लगानी वढने छ र नेपाली फुटबल नयाँ युगमा प्रवेश गर्ने छ ।
कस्ता परियोजनाहरु प्राथमिकतामा राख्नु भएको छ ?
एन्फाले यतिबेला ७ प्रदेशमा १४ वटा एकेडेमीको स्थापना गर्ने सोच बनाएको छ । एउटा महिला र एक पुरुषको हुनेछ । १४ वटा एकेडेमी संचालन गर्न दुई वर्ष भित्रमा हामीलाई रकम प्राप्त हुनेछ हामीले रौतहटमा महिलाका लागि सुरु गरिसकेका छौंं । हामीले धेरै कुराहरु फिफा र एफसी संग माग पनि गरेका छौं । यति बेला संघियताको स्वरुपमा मुलुक अगाडी वढीसकेको हुनाले पनि काम गर्न धेरै सजिलो भएको छ । दुइ वर्षमा एकेडेमीले नयाँ आकार लिन्छ । उपाध्यक्षको हैसियतले म सबैलाई विश्वस्त हुन आग्रह पनि गर्छु ।
कस्तो दृष्टीकोणका साथ एकेडेमी आउने हो ? के त्यो भन्नका लागि मात्रै हो की ?
अबको नेपालको फुटबलको भविष्य भनेको नै एकेडेमी हो । यो अबको २० वर्ष पछि यसको परिणामा आउँछ । चिन जस्तो मुलुकमा ३० वर्षमा विश्वकप जित्ने योजनाका साथ अगाडी वढेको उदाहरण छ भने हामी २० वर्षमा किन त्यस्तो सपना नदेख्ने ? यो फुटबलको जग हो । जग पनि बलियो हुने र एन्फामा पनि परिवर्तन हुने । यसले सार्थकता पायो र जग बलियो भने त ५/७ वर्षमा नै हामी साफ च्याम्पियन जित्ने लक्ष्य पुरा गर्ने छौं । अहिले हामी एकेडेमीमा १२ वर्षका भर्ना गर्ने छौं । त्यो खेलाडी १९ वर्षको भयो भने त्यस्ले परिणाम दिन्छ भन्ने सोच हो ।
हाम्रो पुरै नजर पुरुष र महिला राष्ट्रिय टिमको तयारी नै हो । हामी यू १६, यू १८, यू २० र कोचिङ एजुकेशनलाई प्राथमिकता दिने छौं । कोचिङ एजुकेशन भित्र पनि रेफ्री कोर्ष, प्रशिक्षक कोर्ष महिला पुरुष दुबैको डेभलपमेन्ट समेत गर्ने गरि अगाडी वढेका छौं । हामी यो कार्यक्रमलाई ए, बि र सी गरि क्याटोगरी छुट्टाएर विकेन्द्रित ढङले कार्यक्रम गर्ने छौं । यो खेलाडीका लागि पनि लागु हुनेछ । प्रशिक्षकहरुको समेत लेभल छुट्टाएर बैदेशिक प्रशिक्षण हुनेछन । यि सबै काम गर्न पनि टेक्निकल डाइरेक्टरको मातहत बाट हुन्छ । छनौट समितीले बुझाएको प्रतिवेदनका आधारमा नै सबै कामहरु अगाडी वढेनछन ।
वर्तमान परिवेशमा नेपाली खेलाडीहरु अन्य साफ देशकै तुलनामा अवस्था नाजुक नै छ यसलाई एन्फाले कसरी हेरेको छ ?
यो गहन प्रश्न हो । मित्र राष्ट्र भुटान कै उदाहरण हेर्ने हो भने फिफा बाट आएको रकमले एक जना खेलाडीले करिब ४० हजार तलब खान्छन । तर नेपाली खेलाडीले मुस्किलले १५ हजार पनि नपाएको अवस्था छ । कम्तिमा पनि भुटान सरह त गर्नु पर्छ नै । हामी ठोस योजनाका साथ यस विषयमा पूर्नविचार गर्दैछौ । विगतमा पनि केही खेलाडीले पुरुस्कार स्वरुप घर पाएका थिए । तर उनीहरु डमी चाबी लिएर हिंडिरहेका छन । उनीहरुले हामी संग धेरै आशाका साथ हेरेका छन । थ्रिस्टार संगको सहमती पनि विगतको नेतृत्वले पुरा गरेको छैन । फिफा बाट आउने बजेटलाई हामीले चलाउन मिल्दैन । हामीले यसका लागि स्रोत जुटाउनु पर्नेछ ।
अहिले सर्सर्ती हेर्ने हो भने सबै विग्रेको देखिन्छ, हामी नयाँ युगमा नेपाली फुटबललाई प्रवेश गराउँछौ पनि भन्नुहुन्छ यसका ठोस आधार के होलान ?
विगतको एन्फाले समितीले हामीलाई ठूलो बोझ बोकाएको छ । यो कहिं कतै लुकाउनु पर्दैन । हामीलाई ठूलो आधार भनेको नै आर्थिक सहयोग नै हो । जुन सुकै राष्ट्रको फुटबल संघ पनि त्यही आधारमा अगाडी बढेको छ । आर्थिक पारदर्शिता संगै यसको निरन्तरता हो । हामी बैठक भत्ता समेत नलिइकनै काम गरेका छौं । गरिब देशहरुलाई फिफाले प्राथमिकता दिएको महिला र ग्रास रुट फुटबलमा ठूलो रकम खर्च गरेको छ । त्यसलाई सहि ढङले उपयोग गर्ने हाम्रो लक्ष्य हो ।
हामी पुरानो कार्यक्रम अन्र्तगत अहिले कार्यक्रम सम्पन्न गर्न लागेका छौं र प्रदेश अन्तर्गत एकेडेमी संचालनका योजना हाम्रो प्राथमिकता हो । प्रदेश सरकारले एकेडमीका संचालनका लागि जग्गा दिने वित्तिकै फिफाको सहयोगमा एन्फाले एकेडेमी निर्माण सुरु गर्छ । जुन नेपाली फुटबलका लागि नयाँ आयाम संगै नेपाली फुटबलमा ठूलो फड्को हो । यो कुनै ठट्टाको विषय पनि होइन । नेपाली फुटबलले २० वर्षमा नयाँ आकार लिन्छ ।
नेपाली फुटबलको ४७ वर्षको इतिहासमा अब के सँच्चिकै नयाँ युग सुरु भएको मान्ने त ?
हामी साउन ३० गते चितवनमा साधारण सभा गर्दैछौं । हामी विधान पारित संगै आर्थिक, नियमावली संगै खेलाडी, रेफ्रि, कोच, कर्मचारीको समेत नियमावली र निर्देशिका पनि आउने छ । त्यस्ले अबको एन्फाले नयाँ बाटो लिनेछ भन्ने हाम्रो सोच हो । चुनौती नभएका हुँदै होइनन छँदै छैनन हामी भन्दैनौ । विगतमा भएका गल्तीहरुलाई सच्चाउँदै नयाँ योजना बाटोमा हिड्न केही समय लाग्छ नै । तर सबै चिजको पारदर्शिता भयो भने हामीले चाहेको सोचेको अबको नयाँ गन्तव्य रोकिन्न ।
मोफसलका क्लबले संचालन गर्ने प्रतियोगिता र अबका लिगहरु कसरी संचालन होलान ?
यतिबेला मोफसलमा संचालन हुने गोल्डकपहरु र विभिन्न नाममा संचालन हुने प्रतियोगिताहरुको पनि क्याटोगरी गर्ने सोच एन्फाले लिएको छ । हामीले ति प्रतियोगिताहरुको ग्रेडिङ गर्ने छौं र कुन प्रतियोगितामा कुन खेलाडी कुन क्लबको सहभागिता रहने भन्ने छुट्टाउने छौं । यस्तो भयो भने सबै तहका खेलाडी र क्लबहरुको सहभागिता रहने छ । यो काम हामीले चाँडै नै गर्दै छौं ।
केही इतिहास बोकेका ८–१० वटा प्रतियोगिताहरु लाई हामीले सकारात्मक रुपले पनि हेरेका छौं । अर्को तर्फ केही संस्थाले संचालन गर्ने लाखौं पुरुस्कार राशीको प्रतियोगिताहरुलाई पनि हामी गम्भिर ढङले हेर्दैछौ भने हामीले लिग संचालनका लागि पनि नियमावली वनाएर अघि बढने छौं ।
तपाईको जिवनको फुटबलको यो लामो यात्रामा कतै ठूलै भारी बोकेर हिंडेको भान त भएको छैन ?
अनुभव सबै ठाँउको बटुलें । कहिले खेलाडी कहिले प्रशिक्षक त कहिले कर्मचारी भएर । खेलाडी भएर खेल्दा पनि गा¥हो नै थियो त्यो भन्दा पनि प्रशिक्षक गा¥हो त्यो भन्दा पनि अति गा¥हो कर्मचारी र अहिले उपाध्यक्ष । अनुभव सबै ठाउँको बटुलियो । म संधै निश्पक्ष र इमान्दारितालाई प्राथमिकतामा राखेर हिडेको हुनाले पनि म आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्नेछु । म फुटबलको प्राविधिक तर्फको भएकोले पनि सबैले केही गर्छ भन्ने सोच राखेका छन ।