गण्डकी प्रदेश पारा टेवुल टेनिस खेल सम्पन्न

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला टेबुल टेनिस संघको प्राविधिक सहयोगमा पारा खेलकुद अन्तर्गत टेबुल टेनिसतर्फको खेल सम्पन्न भएको छ ।

पोखरा रंगशालास्थित टेबुल टेनिस हलमा बुधबार बहिरा महिला तथा पुरुष एकल तथा ह्विल चियरतर्फ महिला र पुरुषको छुट्टा–छुट्टटै प्रतिष्पर्धा भएको हो । उक्त प्रतियोगितामा बहिरा पुरुष एकलतर्फ लमजुङका सुनिल आले मगर प्रथम भएका छन् भने बागलुङका बासु थकाली दोस्रो भए । सोही स्पर्धा अन्तर्गत म्याग्दीका कृष्ण बहादुर क्षेत्री र लम्जुङका दिनेश कुमार श्रेष्ठले तेस्रो स्थान हात पारे ।

त्यसै गरी बहिरा महिला एकलतर्फ कास्कीकी अन्जना गुरुङ पहिलो हुँदा कास्कीकी निमा गुरुङ दोस्रो, कास्कीकी ज्योत्सना गुरुङ (लावती) र स्याङजाकी हिरा कुमारी थापाले तेस्रो स्थान प्राप्त गरेको कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत ह्विल चियर पुरुष एकलतर्फ भरत विक्रम बानियाँ प्रथम भएका छन् । हेम बहादुर गुरुङलाई फाइनलमा पराजित गरे भने रामचन्द्र परियार र शुरेस गौलीले तेश्रो स्थान प्राप्त गरे । महिला एकल ह्विल चियरमा कास्कीकी अन्जु बराल प्रथम, धन कुमारी घर्ती मगर द्वितिय हुँदा दिपा राना र लक्ष्मी विशवकर्माले तृतिय स्थान प्राप्त गरे ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, कार्यक्रममका संयोजक अमृता बराल, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशकी कोषाध्यक्ष सुनिता थापाले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

ओलम्पिक डे सन्दर्भ समेत पारेर आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव गुरुङले प्रदेशको पारा खेलकुद विकास संगै उनीहरु भित्ररहेको अन्र्तनिहित क्षमता खेलकुदमार्फत प्रष्फुटन गर्न महत्वपूर्ण रहेको बताए । उनले प्रदेश खेलकुदको आफ्नो उद्धेश्य अनुरुप पारा खेलकुदको विकासका लागि अघि बढ्ने उल्लेख गर्दै आगामी आर्थिक वर्षमा समेत यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

पारा खेलकुद अन्र्तगतनै महिला क्रिकेट प्रतियोगिता बिहिबार पोखरा रंगशालामा आयोजना गरिएको संयोजक बरालले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत बहिरा र शारिरिक अपाङता महिला पुरुष टेबुल टेनिस र महिला क्रिकेटमा गरी कुल ६१ खेलाडीहरुको सहभागिता रहेको छ । महिला पारा क्रिकेट विश्वमा नै पहिलो पटक नेपालको पोखरा बाट सुरु भएको थियो ।

स्मरणिय के छ भने परिषदले गत माघ २८ गते पुरुष ह्विल चियर बास्केटबल, बहिरातर्फको महिला पुरुष ब्याडमिन्टन तथा विशेष पारा खेलकुद अन्तर्गत दौड कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close