
पोखरा, ५ साउन
थाइलैण्डको बैंककमा हुन लागेको ‘अन्तर्राष्ट्रिय विश्वविद्यालय स्तरिय एमेच्योर मुआथाई च्यम्पियनसिप’मा सहभागिता जनाउन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कावा अध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा ८ सदस्यिय टोली शनिबार बैंकक प्रस्थान गरेको छ ।
मुआथाईका प्रमुख प्रशिक्षक दिपक गोदार सहित खेलाडी बिजय गुरुङ, मन्दिप राना मगर र रुपक नेपाली टोलीमा समावेश रहेका छन ।
बिश्वविद्यालय स्तरिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन हिँडेको मुआथाई टोलीको टिम अफिसियलमा अजय पराजुली र सुजन लामिछाने तथा रेफ्रीमा राजु शिवाकोटी रहेका छन ।
प्रतियोगितामा खेलाडी रुपक नेपाली ७१ किलोग्राम क्याटोगरी, मन्दिप थापा मगरले ६९ किलोग्राम र विजय गुरुङले ६५ किलोग्राम क्याटोगरीमा प्रतिष्पर्धा गर्ने भएका हुन ।
बैंकक प्रस्थान गर्नु अघि राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य याम कुमारी गुरुङ (अस्मिता), नेपाल मुआथाईका अध्यक्ष भिमसिंह गुरुङ, महासचिब सुदिप पण्डित र प्रशिक्षक उमेश गुरुङले नेपाली टोलिलाई बिदाई गरेका थिए ।
८४ देशको सहभागिता रहने ‘अन्तर्राष्ट्रिय विश्वविद्यालय स्तरिय एमेच्योर मुवाँथाई च्यम्पियनसिप’ साउन ६ देखि १३ गते सम्म आयोजना हुँदैछ । नेपाली मुआथाई टोली साउन १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।