सेन्चुरी बैंकको सद्भावना दूतमा पारस र प्रतिभा अनुबन्धित

काठमाडौ, २ साउन
सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ ।

बुधबार राजधानीमा एक कार्यक्रममार्फत दुई खेलाडीलाई सद्भावना दूत बनाएको हो । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक कार्यकारी अधिकृत जिवन भट्टराई, मार्केटिङ प्रमुख रञ्जन खड्का लगायतको उपस्थिती रहेको कार्यक्रममा पारस खड्कालाई ब्याट र प्रतिभा मालीलाई बल हस्तान्तरण गरेर औपचारिक घोषणा गरियो ।
नेपालकै कान्छो बैंक सेन्चुरीले नेपालका दुई सुपरस्टारहरुलाई आबद्ध गराउन पाउँदा लोकप्रियता तथा व्यावसायिक अभिबृद्धिमा मद्धत पुग्ने जनाएको छ ।

एक दिवशीय मान्यता पाएपछि पहिलो खेल खेल्न बिहिबार इंग्ल्याण्ड जान लागेका पारस खड्काले सेन्चुरी बैंकले खेलक्षेत्र रोजिएकोमा धन्यवाद प्रकट गरे । ‘खेलकुद विकासमा ब्यावसयिक प्रतिष्ठानको ठूलो महत्व हुन्छ । सेन्चुरी बैंकको साथ पाएको छु, अब हुने खेलमा सेन्चुरी हान्न सकुँ’ पारसले भने ।

नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभा मालीले बैंकको प्रमोसनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिइन् । ‘सेन्चुरी बैंकको यो कार्यले आउँदो पुस्तालाई समेत प्रेरित गर्छ’ प्रतिभाले भनिन् ।

सेन्चुरी बैंकले दुबै खेलाडीलाई एक वर्षको सम्झौता गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close