फिफा विश्वकप उपाधी फ्रान्सलाई

एजेन्सीः ३१ असार ।
२० वर्ष पछि इतिहास दो¥हाउँदै फ्रान्सले फिफा विश्वकपको उपाधी हासिल गरेको छ । आइतबार राती सम्पन्न फाइनलमा क्रोसियालाई ४–२ ले पराजित गर्दै फुटबलको उपाधी चुमेको हो । सन १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जितेको थियो ।

खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा फ्रान्सलाइ दवाबमा राखे पनि १८ औं मिनेटमा पहिलो गोल एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै अग्रता लिन सफल भएको थियो ।

खेलको २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया खेलमा पुनरागमन गरे पनि ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भयो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिए ।

यसै गरि पोग्बाले खेलको ५९ औं मिनेटमा गोल गर्दै स्कोर ३–१ बनाए । डिबक्स बाहिरबाट किलियन एम्बाप्पेले गोल गर्दै ६५ औं मिनेटमा फ्रान्सको स्कोर ४–१ बनाए । खेलको ६९ औं मिनेटमा ह्युगो लोरिसको गल्तीको सदुपयोग गर्दै मान्डजुकिचले गोल गर्दै स्कोर ४–२ बनाए पनि अन्ततः क्रोसिया खेलमा फर्कन सकेन ।

यद्यपी फाइनलमा पराजित भए पनि क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी बनेका छन् भने फ्रान्सका एम्वापेले फुटबलका महान खेलाडी पेलेको रेकर्ड संग बराबरी गर्दै विश्वकपको फाइनल खेलमा सानो उमेरमा नै गोल गर्ने रेकर्ड राखे । उनी उत्कृष्ट युवा खेलाडी घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close