गोपीलाई नेप्लीज इन्काउण्टर कपको उपाधी

असार ३१,पोखरा
गोपीबहादुर भट्टराइले नेप्लीज इन्काउण्टर पोखरा ओपन भेट्रान टेनिस प्रतियोगिताको उपाधी जितेका छन् ।

कास्की जिल्ला टेनिसको मासिक कार्यक्रम तथा नेप्लीज इन्काउण्टरद्वारा आयोजित प्रतियोगिताको आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा बिकास गुरुङ्गलाई पराजित गदै भट्टराईले सो उपाधीमा आफ््नो नाम लेखाएका हुन् ।

पहिलो सेटमा ६–३ ले पराजित भएका विकासले दोश्रो सेटमा भट्टराईलाई ६–३ कै जवाफ फर्काएका थिए । तर सुपरटाईमा अग्रता कायम गरेको खेल समेत जोगाउन नसक्दा गुरुङ्गले उपबिजेतामै चित्त बुझाउन प¥र्यो ।

मन्थली टेनिसमा भट्टराईको यो दोश्रो उपाधी हो । यसअघि पहिलो संस्करणको प्याराडाइज कपमा उनी विजेता तथा तेश्रो संस्करणको मेसुका कपमा उनी उप–विजेता बनेको थिए ।

विजेता खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक नेप्लीज इन्काउण्टरका प्रोपाइटर नारायण पहारी, कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ लगायतले नगद सहित ट्रफि पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close