एन्फा कप कास्की : क्वाटरफाइनलका समिकरण पुरा

पोखरा, ३० असार
कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा कप फुटबल अन्र्तगत छात्र÷छात्रा तर्फ क्वाटर फाइनलका समिकरणहरु पुरा भएका छन ।

एन्फा कास्कीका महासचिब रमेश कार्कीका अनुसार आइतबार दुबै तर्फका सेमीफाइनलका खेलहरु हुने छन ।

शनिबार छात्रा तर्फ सम्पन्न अन्तिम क्वाटरफाइनल खेल बाट अम्मरसिंह माबी, ताराकुञ्ज, विन्दबासिनी र चिल्डे«न एकेडेमीले सेमीफाइनलमा स्थान पक्का गरेका हुन ।

सम्पन्न खेलहरुमा अम्मर सिंहले सगरमाथालाई ६–० ले, बिन्दबाशिनी माबीले गण्डकी माबीलाई १–० ले, ताराकुञ्जले ज्ञानकुञ्जलाई ४–१ गोलले जित हासिल गरेका थिए । चिल्ड्रेन एकेडमीले टाइब्रेकरमा कास्की मोर्डनाइजलाई ३–२ गोलले जितेको हो । निर्धारित समयमा दुबै टिम बाट गोल हुन सकेको थिएन ।

छात्र तर्फ भएको क्वाटरफाइनल खेलमा शिसु कल्याण, टप्समाबी, अमरसिंह र शैनिक आवाशियले आ–आफ्ना खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेका छन । सेमीफाइनलमा शिसुकल्याणले टप्सको गर्नेछ भने अमरसिंहले शैनिक आवाशियको सामना गर्नेछ ।

यस अघि अमरसिंह र भद्रकाली माबी विच भएको खेलमा भद्रकाली २–१ गोलले जित हासिल गरे पनि अमरसिंहले भद्रकालीलाई गैर विद्यार्थी खेलाएको भन्दै प्रोटेष्ट दर्ता गराएको थियो । उक्त प्रोटेष्ट उपर एन्फा कास्कीले छानविन गरि खेलमा पराजित अमरसिंहलाई विजयी भएको घोषणा गरेको थियो ।

छात्र तर्फको खेलमा शिसुकल्याणले कालिका माबीलाई ४–१ गोल अन्तरले पाखा लगाएको छ । उक्त विद्यालयमा सहारा एकेडेमीमा आश्रित बालकहरु अध्ययन गर्दछन । उनीहरु फुटबलको नियमित प्रशिक्षणमा समेत रहेका छन ।

कास्की महिला टिम सेमीफाइनल प्रवेश

रौतहटको चन्द्रनिगाहपुरमा जारी उपराष्ट्रपती कप महिला फुटबलमा कास्कीको टिम सेमीफाइनल प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा सुनसरीलाइ टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै कास्कीको महिला टोली सेमीफाइनलको यात्रा तय गरेको हो ।

एन्फा कास्कीले तनहुमा जित्यो भानु कप

यता शनिवार तनहुमा सम्पन्न नाइन ए साइड भानु कप फुटबलमा कास्की एन्फाले बिजय हासिल गरेको छ । टाइब्रेकर कालिका युथ क्लब तनहुँलाई ६–५ गोलले जितेको हो ।

निर्धारित समय सम्म १–१ गोलले बराबरीमा सकिए पछि खेल टाइब्रेकरमा पुगेको एन्फाका उपाध्यक्ष इश्वर गुरुङ (चन्द्र)ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close