
अर्जुन कार्की
बागलुङ, ३० असार ।
बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रतियागिता अन्तरगत शनिबार चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र अमर आदर्श बोर्डिङले जित हातपार्दै सेमिफाइनल प्रवेश गरेसँगै सेमिफाइनलको समिकरण पुरा भएको हो ।
शनिबार भएको क्वाटरफाइनल खेलमा चिल्ड्रेन लाईफ बोर्डिङले अमृत आदर्श माविलाई ५–० गोलअन्तरले पन्छाएको हो । चिल्ड्रेन लाईफलाई सेमिफाइनल प्रवेश गराउँनको लागि खेलको २४ औं र ३८ औं मिनेटमा अजय पुन र ३५ औं र ४९ औं मिनेटमा मनोज पुनले गोलगरे ५२ औं मिनेटमा मनोज पुनले गौतमले गोल गरेका थिए ।
दोस्रो खेलमा अमर आदर्श बोर्डिङले विद्यामन्दिर माविलाई २–० गोलअन्तरले पन्छाउँदै सेमिफाइनल प्रवेश गरेको छ । अमरको जितको लागि ११ औं मिनेटमा पवन रोका र २१ औं मिनेटमा आरोज सुनारले गोल गरेका थिए ।
बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा आईतबार सेमिफाइनलका खेलहरु हुनेछन् । आईतबार पहिलो सेमिफाइनल खेल सिदार्थ शिक्षा सदन विरुद्ध न्यू एभरेष्ट एकेडेमी र दोस्रो सेमिफाइनल खेल चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल विरुद्ध अमर आदर्श बोर्डिङ विच हुने जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिए ।
नकआउटको आधारमा खेलाइएको प्रतियोगितामाको विजेताले नगद १५ हजार प्राप्त गर्नेछभने विद्यालय प्रदेशस्तरमा हुनेछ । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार संचालन भएको हो ।