दक्षिण एशियाली तथा आमन्त्रीत आईटिएफ तेक्वान्दो जारी

सबिना र करिश्मालाई स्वर्ण
काठमाडौं, ३० असार ।
नेपालकी सबिना लामा र करिश्मा घर्ति मगरले छैटौं दक्षिण एशियाली तथा आमन्त्रित आईटिएफ तेक्वान्दो प्रतियोगितामा शनिवार स्वर्ण जितेका छन् ।

सिनियर महिला स्पर्धाको ५५ केजी मुनीको स्पाईरिङको फाईनल खेलमा सबिनाले अफगानस्तानकी फेरिस्थालाई हराउदै स्वर्ण जितिन् । त्यस्तै सिनियर महिला स्पर्धाको ६४ केजी मुनीको स्पाईरिङको फाईनल खेलमा करिश्माले भारतकी भेदिका शाहालाई पराजित गदै स्वर्ण जितिन् ।

सिनियर महिला स्पर्धाको ४७ केजी मुनी नेपालकी रुबिका खड्काले भारतकी बिकानश्रीलाई,५२ केजी मुनी नेपालकी रन्जु पुलामी मगरले चीनकी हुइङ साङ ताङलाई, ६२ केजी मुनी भारतकी यस भारतीले नेपालकी श्वेता राईलाई तथा ७५ केजी मुनी नेपालकी सृजना राईले बंगलादेशकी सान्तोना रानीलाई आ–आफ्नो खेलमा हराउदै स्वर्ण जिते ।

जुनियर महिला स्पाईरिङको ४० केजी मुनी भारतकी आर मल्लिकले नेपालकी स्वस्तिका सुबेदी,४५ केजी मुनी नेपालकी अबिना राईले भारतकी प्रमिका श्रीबंस,४७ केजी मुनी भारतकी आयुषाले नेपालकी बर्षा सुनुवार,५० केजी मुनी भारतकी कुसुम मिठाले नेपालकी रोशनी कुवँर,५२ केजी मुनी नेपालकी निश्चल राईले बंगलादेशकी सपना किन्तोनिया,६० केजी मुनी नेपालकी कोपिला स्याङताङले भारतकी प्रनिका सुर्यबंसीलाई आ–आफ्नो खेलमा हराउदै स्वर्ण जित्न सफल भए । महिला जुनियर स्पर्धाको ५५ केजी मुनी नेपालकी अनिषा कार्कीले स्वर्ण जितिन् ।

नेपाल आईटिएफ तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरको कभर्डहलमा संचालन भएको जुनियार पुरुषको २२ केजी मुनीको स्पाईरिङमा नेपालका लक्की राईले स्वर्ण जिते । उनले चीनका स्याउमिङलाई फाईनल खेलमा पराजित गरेका थिए । जुनियर पुरुषको २७ केजी मुनी चीनका याङ थाङ लीङले भारतका फिग्नेस कृष्णलाई हराउदै स्वर्ण जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close