
बागलुङ, २८ असार
बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा फ्यूचर बोर्डिङ र विद्यामन्दिर मावि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा बिहीबारको पहिलो खेलमा फ्यूचर बोर्डिङले सनराइज बोर्डिङलाई २–० गोलअन्तरले पन्छाएको हो ।
फ्युचरलाई क्वाटरफाईनलमा प्रवेश गराउनको लागि खेलको १५ औं मिनेटमा सागर थापा गोल गरेका थिएभने एक आत्मघाती गोल उपहार पाएको थियो । खेलको ५१ औं मिनेटमा सनराइजका सौगात पौडेलले आत्मघाती गोल गरेका थिए ।
बिहीबारको दोस्रो खेलमा विद्यामन्दिर माविले आदर्श विद्यामन्दिरलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । विद्यामन्दिरको लागि खेलको १४ औं मिनेटमा राजकुमार रसाइली र ४८ औं मिनेटमा दिपक पुन मगरले गोल गरेका थिए ।
यस्तै न्यू लाइफ र न्यून ओयसिस बोर्डिङ उपस्थित नभएपछि दुवै टिमलाई वाकओभर दिइएको प्रतियोगिता संयोजक विकास थापाले जानकारी दिए ।
समुह चरणमा न्यू लाईफ उपस्थित नभएपछि न्यू एभरेष्ट एकेडेमी क्वाटरफाईनलमा प्रवेश गरेको छभने न्यू ओयसिस उपस्थित नभएकाले अमृत आदर्श बोर्डिङ क्वाटरफाईनलमा प्रवेश गरेको संयोजक थापाले बताए ।
यस्तै प्रतियोगिता अन्तरगत शुक्रबार क्वाटरफाईनलका खेल हुनेछन् । पहिलो क्वाटरफाइनल खेल रुद्रेपिपल मावि विरुद्ध न्यू एभरेष्ट एकेडेमी र दोस्रो खेल सिदार्थ शिक्षा सदन विरुद्ध फ्यूचर बोर्डिङ विच हुने बागलुङ जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
नकआउटको आधारमा खेलाइएको प्रतियोगितामाको विजेताले नगद १५ हजार प्राप्त गर्नेछभने विद्यालय प्रदेशस्तरमा हुने एन्फा कपमा छनोट हुने जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले बताए । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ ।