
काठमाण्डौं २८ असार ।
दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता भोली देखि काठमाडौंमा शुरु हुदै छ ।
नेपाल आईटिएफ संघको आयोजनमा संचालन हुने प्रतियोगिता ३ दिन सम्म चल्ने छ । प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तान लगाएतका देशबाट खेलाडी तथा पदाधिकारीहरु काठमाडौ आइपुगिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह,तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय आईटिएफ तेक्वान्दो संघका सदस्य समेत रहेका दक्षिण एशियाली आईटिएफ संघका अध्यक्ष डा.राजेन्द्र बलामले पत्रकार सम्मेलनमा जानकारी गराए ।
आयोजक प्रतियोगिता संयोजक आईटीएफका अध्यक्ष अन्जन धमलाले प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३ सय कास्य पदकका लागि ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराए । असार ३१ गते सम्म हुने प्रतियोगिताको अनुमानित खर्च ४० लाख रहने अध्यक्ष धमलाले बताए ।