क्षेत्रिय बक्सिङमा कास्की र टेबुल टेनिसमा रुपन्देही टिम च्याम्पियन

पोखरा, २८ असार ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा भएको बक्सिङ र टेबुल टेनिस प्रतियोगितामा कास्की र रुपन्देही टिम च्याम्पियन बनेका छन ।

पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङमा कास्की जिल्लाले कुल ६ स्वर्ण र १ रजत सहित टिम च्याम्पियन बनेको हो भने टेबुल टेनिसमा ४ स्वर्ण र २ रजत सहित रुपन्देही टिम च्याम्पियन बनेको हो ।

सम्पन्न बक्सिङ प्रतियोगितामा नवलपरासीले १ स्वर्ण प्राप्त गरि दोश्रो भयो भने टेबुल टेनिसमा कास्कीले १ रजत र ६ काश्य सहित दोश्रो भयो ।

बक्सिङमा महिला तर्फ कास्कीकी शिसम थापा मगर उत्कृष्ट खेलाडी घोषित भइन । ६० केजी तौल समुहकी थापाले रुपन्देहीकी संगिता दंगाललाई पराजित गरेकी थिइन । यसै गरि पुरुष बक्सिङमा कास्कीका केशर बहादुर नेपाली उत्कृष्ट खेलाडी घोषित भए ।

महिला टेबुल टेनिसमा नवलपरासीकी प्रमिशा न्यौपाने र पुरुष तर्फ स्याङजाका नबिन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

बिहिबार सम्पन्न फाइनलमा बक्सिङको ४९ केजी तौलमा नवलपरासीका सुरज गुरुङले कास्कीका विष्णु गौतमलाई पराजित गरे भने ५२ केजी तौल तर्फ कास्कीका केशर बहादुर नेपालीले नवलपरासीका अमिर गुरुङलाई पराजित गरे ।

यसै ५६ केजी तौल तर्फ कास्कीका जेनिश गुरुङले बाग्लुङका राजन श्री मगरलाई र ६० केजीमा कास्कीका दिनेश बानियाले नवलपरासीका छबिराज बोहोरालाई फाइनल प्रतिष्पर्धामा हराए । ६४ केजी तौलमा कास्कीका अमृत गुरुङले कास्कीकै बिकल तिवारीलाई र ६९ केजी तौलमा कास्कीका युबराज श्रेष्ठलाई कास्कीकै सबिन गुरुङलाई पराजित गरे ।

सो अबसरमा मेयर जिशीले महानगरले अबका दिनमा खेलकुदमा परिणममुखी नतिजा ल्याउन केही खेलहरुलाई प्राथमिकतामा राखेर अगाडी बढने बताउँदै भने–“अब निर्वाहमुखी खेल मात्र होइन महानगरले राष्ट्रकै लागि उत्कृष्ट खेलाडी उत्पादनमा योजनाका साथ अगाडी बढ्न चाहन्छ ।”

महानगरले अब केही दिनमा नै आफ्नो खेलकुद विधी ल्याउने तयारी गरिरहेको जानकारी गराउँदै मेयर जिशीले पोखरा शहरलाई सम्पूर्ण खेलहरुको प्रशिक्षण केन्द्रको रुपमा बिकास गर्न चाहेको बताए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, कोषाध्यक्ष दिपक गोदार, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगीले समेत बिजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close