विश्वकप २०१८ः इङल्याण्ड र क्रोसिया समीफाइनल प्रवेश

एजेन्सी–२४ असार ।
रसियामा जारी फिफा विश्वकप २०१८ अन्र्तगत सम्पन्न दुई छुट्टा–छुट्टै खेलमा इङल्याण्ड र क्रोसिया सेमीफाइनलमा प्रवेश गरेका छन ।

विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विडेनलाई २–० र चौथो तथा अन्तिम खेलमा क्रोसियाले आयोजक रसियालाई पेनाल्टीमा ४–३ हराउँदै सेमीफाइनलको यात्रा सुरक्षित गरेका हुन ।

इंग्ल्यान्ड र स्विडेन बिचको खेलमा ३० औं मिनेटमा डिफेन्डर ह्यारी म्याग्वाएरले एस्ली योङको कर्नरमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । दोस्रो हाफमा जेसे लिन्गार्डको क्रसमा डेले अलिले हेडिङ मार्फत दोश्रो गोल गर्दै स्विेडेनलाई घर पठाए ।

क्रोसिया र रसिया विचको खेल निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा क्रोएसिया ४–३ गोलले जित हासिल गर्दै अन्तिम चारमा पुगेको हो ।

सेमीफाइनलमा यि क्रोसियाले इङल्याण्डको सामना गर्नेछ । दुबै सेमीफाइनल खेल मंगलबार राती ११ः४५ मा हुने भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close