विश्वविद्यालय खेलकुदमा टीयू च्याम्पियन, भलिबलमा उपाधी

काठमाडौ, २३ असार ।

त्रिभूवन विश्वविद्यालय (टीयू) ले तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको उपाधि शनिबार जितेको छ । टीयू ९ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै ४ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा काठमाडौं विश्वविद्यालय (केयू) दोश्रो भयो । केयूले २ स्वर्ण, ४ रजत र ५ कांस्य हात पा¥यो । २ रजत र ३ कांस्य जितेको सुदूरपश्चिमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो । विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।

भलिबल ः टीयूलाई दोहोरो उपाधि

भलिबलको पुरुष÷महिला दुवैमा टीयूले उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पुरुष फाइनलमा टीयूले सुदूरपश्चिमाञ्चललाई २३–२५, १६–२५, २५–२१, २५–२० र १६–१४ ले पराजित ग¥यो ।

महिला फाइनलमा पनि टीयूले सुदूरपश्चिमाञ्चललाई नै २५–२०, २७–२५ र २५–१७ को सोझो सेटमा हरायो । दुवैमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय तेश्रो स्थानमा सीमित भयो ।

ब्याडमिन्टन ः टीयूको क्लिन स्विप

ब्याडमिन्टनमा समावेश चार स्पर्धामा टीयूले सबैमा स्वर्ण हात पा¥यो । पुरुष सिंगल्स फाइनलमा टीयूका जीवन आचार्यले टीयूकै पूर्णबहादुर थापालाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा टीयूकी सीताकुमारी राईले टीयूकै तारा ओल मगरलाई २१–१४ र २१–६ को सीधा सेटमा हराइन् ।

पुरुष डबल्स फाइनलमा टीयूका जीवन र पूर्णको जोडीले कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशान्त भट्ट र लक्ष्मीनारायण ओझाको जोडीलाई २१–१५ र २१–११ को सोझो सेटमा पाखा लगाए । सो स्पर्धाको महिलामा टीयूका सीता र ताराको जोडीले स्वर्ण हात पारे ।

बुद्धिचाल ः टीयूनै अगाडि

बुद्धिचालमा पनि टीयूले १० अंक जोड्दै पहिलो स्थान कब्जा ग¥यो । केयू दोश्रो तथा सुदूरपश्चिमाञ्चल तेश्रो भए ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य प्रा.डा. अरविन्द श्रीवास्तव र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा विभिन्न ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडी सहभागी थिए । भलिबल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिसमा प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close