एशियाडमा जाने कराते टोलीलाई शुभकामना

पोखरा, २३ असार
एण्डोनेशियाको जार्कातामा आयोजना हुने १८ औं एशियाली खेलमा सहभागिताका लागि पोखरामा बन्द प्रशिक्षणमा रहेको कराते टोलीलाई प्रदेश नं ४ की सांसद ललित कला गुरुङले शुभकामना दिइएकी छन ।

प्रदेश साँसद गुरुङले प्रशिक्षण स्थल पोखरा रंगशाला पुगेर खेलाडीलाई शुभकामना दिएकी हुन । सो अवसरमा उनले खेलाडीलाई सिमित स्रोत साधनका बाबजुद पनि खेलाडीले मुलुकका लागि पदक प्राप्त गर्न गरेको तयारी प्रति प्रंशसा व्यक्त गरिन ।

उनले सो अवसरमा खेलाडीलाई कुनै समस्या परेमा क्षेत्रिय खेलकुद मार्फत तत्कालै सहयोग गर्ने बताइन ।

सो अबसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कावा अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडीलाई प्रशिक्षणका दौरान कुनै समस्या नपरोस भन्नेमा आफु अत्यन्तै सचेत रहेको बताए । प्रदेश ४ को राजधानी पोखरामा एशियाली खेलका लागि करातेको बन्द प्रशिक्षण हुनु महत्वपूर्ण रहेको समेत उनले बताए ।

सो अवशरमा राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य यम कुमारी (अस्मिता) गुरुङ, कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदार लगाएतको उपस्थिती रहेको थियो ।

एशियाडका लागि तयारीमा रहेका खेलाडीको सम्मानमा प्रदेश ४ सांसद ललित कला गुरुङले आफ्नो तर्फ बाट दिवा भोज पनि दिएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close