विश्वकप २०१८: फ्रान्स र बेल्जियम सेमिफाइनलमा प्रवेश

एजेन्सी– २३ असार ।
विश्वकप २०१८ को सम्पन्न क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २–० र बेल्जियमले ब्राजिललाई २–१ ले पराजित गरे पछि फ्रान्स र बेल्जियमले सेमीफाइनलमा भेट पक्का गरेका छन ।

शुक्रबार राती सम्पन्न पहिलो खेलमा फ्रान्सका लागि राफायल भरान र एन्टोइन ग्रिजम्यानले गोल गर्दै टिमलाई सेमीफाइनलमा पु¥याए ।

उरुग्वेका स्ःटार ःस्ट्राइकर एडिन्सन काभानी चोटका कारण खेलमा उपस्थित हुन नसक्दा खेलको ४० औं मिनेटमा फ्रान्स खेलमा अग्रता लिन सफल भएको हो । ग्रिजम्यानको फ्रिकिकमा भरानले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । ग्रिजम्यानले बक्स बाहिरबाट गरेको प्रहार उरुग्वेका गोलकिपर फर्नान्डो मुलेराले नियन्त्रणमा लिन नसके पछी हात बाट चिप्लिदैं गोलको दिशा लिएको थियो ।

उता विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई २–१ ले स्तव्ध बनायो । खेलको १३ औं मिनेटमा अग्रता लिन सफल बेल्जियमले नसिर चाड्लीको कर्नरमा फर्ना्न्डिनोको आत्मघाती गोल बेल्जियमका लागि महत्वपूर्ण रह्यो ।

खेलको ३१ औं मिनेटमा केभिनले दोश्रो गोल मार्फत अग्रता दोब्बर पार्दै खेलमा बेल्जियमलाई सेमीफाइनलमा स्थान पक्का गरे । ब्राजिलका लागि रेनाटो अगटोले फिलिप कौटिन्होको पासमा टोलीका लागि एक गोल फर्काए ।

शनिबार राती विश्वकप अन्र्तगत दुई क्वाटर फइनलका खेलहरु हुँदै छन । पहिलो खेल ७ः४५ मा स्वेडेन र इङल्याण्डका बिच र दोश्रो खेल राती ११ः४५ मा आयोजक रसियाले क्रोसियाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close