खेलकुदमा महिला सहभागिता बढाउन मुस्ताङमा प्रशिक्षण

पोखरा, २२ असार ।
“महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम बिकल्प” भन्ने उदघोषका साथ शुक्रबार बाट हिमाल पारीको जिल्ला मुस्ताङमा महिला खेलाडीका लागि तिन दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले खेलकुदमा महिला सहभागिता बढाउने तथा महिला हिंसा न्युनीकरण उद्धेश्यले यो कार्यक्रम सुरु गरिएकोे पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार परिषदले सुरु गरेको यो कार्यक्रम ७ प्रदेशका ४१ जिल्लामा संचालित भइरहेको छ । विशेष गरि यो कार्यक्रममा राष्ट्रपती खेलकुदमा महिला खेलाडी अभिवद्धी गर्ने तथा उनीहरुलाई सैद्धान्तिक तथा आत्मरक्षा सम्बन्धी ज्ञान दिइने उद्धेश्यले अयोजना गरिएको उनले बताए । प्रदेश ४ मा भने मुस्ताङलाई छनौट गरिएको उनले बताए ।

तिन दिने कार्यक्रमको उद्धघाटन गर्दै जिल्ला समन्वय समिती मुस्ताङका अध्यक्ष छिरिङ ल्याहमु गुरुङले महिलाहरुको शसक्तिकरणका लागि यो कार्यक्रमले उर्जा मिल्ने बताइन । उनले यस्ता कार्यक्रमले महिला खेलाडी उत्पादनमा समेत सहयोग मिल्ने बताइन ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य याम कुमारी गुरुङले परिषदले यो बर्ष विशेष गरि महिला खेलाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिंदै महिलाहरुको सहभागिताले नै खेलकुदले नयाँ गति लिने बताइन ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष श्रेष्ठले तिन दिन सम्म सिकेको शिपलाई आफ्नो गाँउ–ठाँउमा अन्यलाई पनि सिकाउन सहभागीहरुलाई आग्रह गरे । परिषदले सुरु गरेको यो कार्यक्रमले नेपालमा महिला खेलाडी उत्पादन ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।

जिल्ला खेलकुद बिकास समिती मुस्ताङका अध्यक्ष भुपेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगाएतले बोलेका थिए ।

तिन दिन सम्म उक्त प्रशिक्षणमा सहभागीहरुलाई नेपाली सेनाका कराते प्रशिक्षक द्वय छत्र बहादुर क्षेत्री र बाबुराम अधिकारीले प्रशिक्षण दिंदैछन । प्रशिक्षणमा ४४ जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close