मुँवा थाईको वर्कशप सम्पन्न

काठमाडौ, २१ असार

नेपालका लागि थाइल्यान्ड दुतावासको आयोजनामा मुँवा थाई वर्कशप सम्पन्न भएको छ ।

सहभागीलाई लाना फाइटिङका अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर वितावात का सोम (wittawat ka som) को नेतृत्वमा रहेका ४ प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।

लगनखेल स्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको तीनदिने मुँवा सेमिनारमा खेलाडी, प्रशिक्षक र रेफ्री गरी कुल ६० जनाको सहभागिता थियो ।

सेमिनारमा मुँवा थाई नयाँ नीति नियम, इतिहास प्रशिक्षण शैली र विभिन्न प्रकारका टेक्निक बारे प्रशिक्षण दिएको राष्ट्रिय मुवाँथाइ संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।

सहभागीलाई सांसद अमृता थापाले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close