
पोखरा, २० असार
फिफा विश्वकप हेर्न रसिया पुगेको कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीका पदाधिकारीले रसीया एनआरएन संघका अध्यक्ष रामेश्वर गौतम संग भेटघाट गरेको छ ।
भेटघाटका अबसरमा एनआरएन अध्यक्ष गौतम संग फुटबल बिकासका सन्दर्भमा छलफल भएको एन्फा कास्कीका महासचिब रमेश कार्कीले बताए ।
सो अबसरमा कास्की जिल्ला फूटबल संघका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष बिश्व तन्डुकार महासचिव रमेश कार्की पुर्ब खेलाडी हिमाल गुरुङ सहभागी रहेका थिए । भेटघाटमा नेपाल खेलकुद पत्रकार मंचका निवर्तमान अध्यक्ष अजय फुयाँल लगाएत अन्य नेपाली प्रतिनिधी समेत रहेका थिए ।