विश्वकप २०१८ः जापान बाहिरियो बेल्जियम क्वाटरफाइनलमा

एजेन्सी, १९ असार  ।

विश्वकपमा सम्पन्न दोश्रो सम्पन्न खेलमा एशियाली राष्ट्र जापानले खेलमा आफूलाई सम्हाल्न नसक्दा यूरुपेली राष्ट्र बेल्जियम संग ३–२ गोलले स्तव्ध हुन पुग्यो ।

खेलको पहिलो हाफ दुबै टिमले बराबरी खेले पनि दोश्रो हाफको ४८ औं मिनेटमा गेन्की हारागुचीले जापानलाई अग्रता दिलाएका थिए भने लगतै ४ मिनेटको अन्तरालमा ताकासी इन्यूईले दोश्रो गोल गर्दै जापानलाई जित तर्फ अग्रसर गराएका थिए ।

तर विश्वकप २०१८ को बलियो मानिएको बेल्जियम खेलको ६९, ७४ र अतिरिक्त समयको ४ मिनेटमा गोल गर्दै जापानलाई प्रिक्वाटरमा नै रोक्यो । बेल्जियमका लागि जोन भर्टेघेन, रोर्बोटो फिलानी र नासिर चाड्लीले गोल गरेका थिए । अब बेज्यिमको भेट क्वाटर फाइनलमा ब्राजिल संग हुनेछ ।

विश्वकप २०१८ का अन्तिम प्रिक्वाटर खेलहरु मंगलबार सम्पन्न हुँदैछन । पहिलो खेल स्वेडेन र स्विजल्याण्ड र दोश्रो खेल इङल्याण्ड र कोलोम्बियाका बिच हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close