विश्वकप २०१८ः नेयमार चम्किँदा ब्राजिल क्वाटर फाइनलमा

एजेन्सी, १८ असार

रसियामा जारी विश्ककप २०१८ अन्र्तगत सोमबार सम्पन्न ब्राजिल र मेक्सीको विचको खेलमा ब्राजिलका नेयमार जुनियर चम्किँदा २–० को शानदार जितमा ब्राजिल कवाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमा मेकसीकोका लोजानो र जेभिएर हर्नान्डोले गोल गर्ने केही राम्रा प्रयास गरे पनि मजबुत ब्राजिलियन रक्षा पंक्तीलाई भेदन सकेनन । पाँच पटकको विश्वकप बिजेता ब्राजिलका लागि खेलको ५१ औं मिनेटमा नेयमार विलियनको पासमा गोल गर्दै मेक्सीकोलाई दबाबमा राखेका थिए ।

पहिलो हाफमा जस्तो मेक्सीकोले खेल ब्राजिललाई दोश्रो हाफमा रोक्न सकेन । एक गोलले पछि परेको मेक्सीकोका रक्षा पंक्तीका गल्तीको फाइदा उठाउदैं ८८ औं मिनेटमा नेयमारका पासमा रोर्बोटो फर्मीनोले दोश्रो गोल गर्दै ब्राजिललाई क्वाटर फाइनलमा प्रवेश गराए ।

रसियाको सामरा स्टेडियममा नेयमारले खेल अबधीमा केबल ७ शट लगाएका थिए जसमा आफुले एक गोल गरे भने दोश्रो गोलका लागि सहायक बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close