
काठमाडौ, १८ असार ।
प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय स्टेन्डिङ टी– २० क्रिकेट प्रतियोगितामा नेपाल ‘नीलो’ ले आइतबार जित हात पारेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा नेपाल ‘नीलो’ ले नेपाल ‘रातो’ लाई १२ रनले पराजित ग¥यो । वर्षाका कारण १० ओभरमा छोटइएको खेलमा पहिले व्याटिङ गरेको नेपाल ‘नीलो’ ले पूरै १० ओभर खेल्दै ५ विकेट क्षतिमा ७८ रनको योगफल खडा गरेको थियो ।
जवाफमा नेपाल ‘रातो’ ले १० ओभरमा ८ विकेट गुमाउदै ६६ रन बनायो । नेपाल व्ह्ीलचेयर क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा नेपाल ‘नीलो’ का सुमन बराल ‘म्यान अफ द म्याच’ चुनिए । २० रन बनाउनुका साथै २ विकेट लिएका सुमन उत्कृष्ट ब्याट्सम्यान पनि बने ।
नेपाल ‘रातो’ का रुपक वाइबा उत्कृष्ट बलर घोषित भए भने फिल्डिङमा नेपाल ‘नीलो’ का सुकलाल मिया उत्कृष्ट भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।