हिरोज अन्तर्रा्ष्ट्रिय तेक्वान्दोमा प्रवीण र रुविनालाई स्वर्ण

काठमाडौ, १७ असार

नेपालका प्रबिन थापा र रुबिना घलेले थाईल्याण्डमा जारी चौथो हिरोज अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

आइतबार थाइल्यान्डको बैंककमा भएको च्याम्पियनसिपको पुरूष ६८ केजी तौल समुहमा प्रबिन थापाले र महिला ५८ केजी तौलसमूहमा रुबीना घलेले नेपाललाई स्वर्णको सफलता दिलाए ।

च्याम्पियनसिपको पुम्सेतर्फ ग्रीन बेल्टमा मानस आचार्यले कास्य पदक प्राप्त गरे । पुम्सेकै ब्लयाक बेल्टमा रत्न महर्जनले तथा फाइटमा केशव थापा र ३८ केजीमा अनिष श्रेष्ठले कांस्य पदक आफ्नो नाममा लेखाए ।

च्याम्पियनसिपको मास्टरतर्फ टिम पुम्सेमा बब्लु सिवाकोटी, गोपाल भण्डारी र दीपेन गुरुङले तथा व्यक्तिगत पुम्सेमा पनि गोपालले कांस्य पदक प्राप्त गरे ।

च्याम्पियनसिपमा कुल १५ राष्ट्रको सहभागिता रहेको टिम प्रशिक्षक प्रबिन थापाले जानकारी दिए । २ स्वर्ण र ६ कास्य सहित कुल ८ पदक जित्ने खेलाडी न्युजेन तेक्वान्दो डोजाङका हुन् ।

मास्टर पुम्सेमा नेपाललाई कांश्य

थाइल्यान्डमा आयोजना भएको हिरोज ओपन च्याम्पियनसिपको मास्टर पुम्सेमा नेपालले कांश्य पदक जितेको छ । नेपालका बब्लु शिवाकोटी, गोपाल भण्डारी र दीपेन गुरुङले टिम पुम्सेमा कांश्य जिते । आइतबार भएको एकल पुम्सेमा पनि गोपाल भण्डारीले कांश्य जिते ।

आइतबार नै भएको ग्योरोगीको ३८ केजी तौल समूहमा अनिष श्रेष्ठले कांश्य पदक नै जितेको नेपाली टोलीका प्रशिक्षक बब्लु शिवाकोटीले जानकारी दिए । प्रतियोगितामा १८ राष्ट्रको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close