विश्वकप २०१८ः अर्जेन्टिना र पोर्चुगल बाहिरिए

एजेन्सी १७ असार
रसियामा जारी विश्वकप २०१८ अन्र्तगत अर्जेन्टिना र पोर्चुगल प्रिक्वाटर बाट बाहिरिएका छन

अर्जेन्टिना फ्रान्स संग ४–३ र पोर्चुगल उरुग्वे संग २–१ गोल अन्तरको पराजय पछि यि दुबै टिम बाहिरिएका हुन ।

प्रिक्वाटरको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई पहिलो हाफमा नै दवावमा राख्दै एन्टनी ग्रिजम्यानले १३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे । ४१ औं मिनेटमा वर्तमान विश्वकपको सबैभन्दा टाढा करिब ३० यार्ड बाट आर्कषक गोल गर्दै अर्जेन्टिनाका एन्जेल डि मारियाले बराबरीमा ल्याए । खेलको ४८ औं मिनेटमा लियोनल मेस्सीको पासमा ग्राबियल मारकाडोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

तर खेलको दोश्रो हाफको ५७ औं मिनेटमा बेन्जामिन पाभार्डले फ्रान्सका लागि बराबरी गोल फर्काए भने केलियन बाम्पेले ६४ र ६८ मिनेटमा गोल गर्दै टिमलाई क्वाटर फाइनलको यात्रा सहज तुल्याए । खेलको अतिरिक्त समयमा अर्जेन्टिनाका सर्जियो एगोरोले तेश्रो गोल गर्दै खेलललाई ४–३ को अन्तरमा पु¥याएका थिए ।

यसै गरि दोश्रो खेलमा उरुग्वेले हेभी वेट खेलाडी रहेको क्रिस्टियानो रोनाल्डेको टिम पोर्चुगललाई २–१ गोल अन्तरले स्तव्ध पारेको छ । खेलमा उरुग्वेका स्ट्राइकार एडिन्सन काभानी चम्किदा ७ औं र ६२ औं मिनेटमा नै गोल खान पुगेको पोर्चुगलले खेलको दोश्रो हाफको ५५ औं मिनेटमा पेपेले एक मात्र गोल फर्काउन सफल रहेका थिए ।

यि दुइ खेल पछि दुबै टिमका हेभी वेट खेलाडी मेस्सी र रोनाल्डोको खेल भविष्य भने संकटमा परेको छ । करिव सन्यास तर्फ पुगेका मेस्सीलाई अर्जेन्टिनाले विश्वकप २०१८ का लागि टिममा फर्काएको थियो । सन २०२२ को विश्वकपमा भने अब दर्शकहरुले यि दुइ खेलाडीको खेल हेर्न नपाउने निश्चित भएको छ  । यता अर्जेन्टिना विश्वकप २०१८ बाट बाहिरिए लगत्तै टिमका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

फ्रान्सका १९ वर्षिय युबा खेलाडी केलियन बाम्पेले ६० वर्षअघि ब्राजिलका पेलेले विश्व कपमा राखेको कम उमेरमा २ गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका छन् । उनले खेलमा २ गोल गरे सँगैे ६० वर्षअघि पेलेले राखेको कीर्तिमानलाई बराबरी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close