
पोखरा १६ असार
कृष्ण अन्जान ज्ञवाली
कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको आयोजनामा पांचौ कास्की जिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगिता २०७५ पोखराको उपाधी अनिल सुनारले हात पारेका छन ।
शनिवार पोखराको लेकसाइडमा सम्पन्न भएको फाइनल खेलमा उनले प्रतिद्धन्दी चित्र वहादुर गुरुङलाइ हराउँदै उपाधी चुमेका हुन उनले नगद ५० हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
यसैगरि दोश्रो हुने चित्र वहादुर गुरुङले नगद २५ हजार प्रमाणपत्र तथा ट्रफी प्राप्त गरे । प्रतियोगितामा तृतिय हुन सफल खेलाडि द्वय नविन राना र दिपेश तामाङले जनहि १० हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यसै गरि हाइएस्ट व्रेकरको उपाधि चित्र वहादुर गुरुङले प्राप्त गरे उनलाइ ५ हजार नगद सहित स्टीक र प्रमाण पत्र प्राप्त गरे ।
शनिवार भएको समापन कार्यक्रममा नेपाल च्याम्पीयन २०७३ मा तेश्रो स्थान हासिल गर्न सफल बिकास महर्जन पासालाइ पनि सम्मान गरिएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा भुतपुर्व खेलाडि तथा प्रतियोगिता सफल वनाउन सहयोग गर्ने सहयोगदाता शुभचिन्तक हरुलाइ सम्मान गरिएको थियो ।
खेलाडि हरुलाइ नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष दिलिप सागर साइ, संस्थापक अध्यक्ष वसन्त गौचन, पोखरा लेखनाथ महानगर पालिका वडा नं ६ का अध्यक्ष जगत पहारी, पत्रकार नारायण शाही, एभिन्युजका कृष्ण अन्जान लगाएतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कास्की विलियार्ड तथा स्नुकर पुल संघका अध्यक्ष दिलिप सागर साइ को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु गुरुङले स्वागत तथा सचिव सविन जिशीले कार्यक्रम सञ्चालन गरेका थिए । असार १ देखि सञ्चालीत प्रतियोगिता असार १६ गते सम्म सञ्चालन भएको र १ सय २७ खेलाडिले प्रतियोगितामा भाग लिएका थिए ।
२०५७ सालदेखि पोखरामा कास्की जिल्ला विलीयार्ड स्नुकर तथा पुल संघ दर्ता भइ यो खेलको विकासमा संघले कास्कीमा सक्रिय खेलकुद संघको रुपमा स्थापित गरेको छ ।