
एजेन्सी, असार १६ ।
रसियामा जारी विश्वकप २०१८ अन्र्तगत आज बाट प्रि क्वाटरका खेलहरु सुरु हुँदैछन ।
शनिबार बाट सुरु हुने पहिलो खेल फ्रान्स र अर्जेन्टिनाका विच हुदैंछ । युरोपियन राष्ट्र फ्रान्स र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना यस भन्दा अघि ११ पटक भिडिसकेका छन ।
एघार पटक आमने समाने भएका यि दुइ टिमको खेलमा भने अर्जेन्टिनाले नै बाजी मारेको छ । जसमा अर्जेन्टिनाले ६ र फ्रान्सले २ पटक जितेको छ भने ३ पटक बराबरी खेलेका थिए । फिफा विश्वकप रेकिंङमा भने यि खासै फरक भने छैनन । फ्रान्स सातौैं स्थानमा छ भने अर्जेन्टिना पाँचौमा छ ।
पहिलो चरणका खेलहरुमा समेत यि दुबै राष्ट्रको खेल अपेक्षाकृत अनुसारको हुन नसकेको राम्रै चर्चा पनि भयो । यि दुई राष्ट्र विचको खेल साँझ ७ः४५ मा हुँदैछ ।
शनिबार राति नै दोश्रो खेल यूरुग्वे र पोर्चुगल विच हुँदैछ । खेल विश्लेषकहरुले यि दुइ टिमको खेल रोमाञ्चक रहने बताएका छन ।
रसिया स्थित फिस्ट स्टेडियममा हुने खेल राति ११ः ४५ मा हुँदैछ । यूरोग्वेका लुइस स्वारेज, फोलोरेन्सिया सिमोस र एडिन्सन काभानी तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बरनारडो शिल्भा, एन्डे« शिल्भाको खेलले पक्कै पनि फुटबल प्रेमीहरुलाई तान्नेछ ।