
आव ०७५–०७६ मा कास्कीको खेलकुद पूर्वाधार विकासका लागि करिव ६१ करोड
केशब पाठक, पोखरा, १५ असार
पोखरा रंगशाला भित्र निर्माण सुरु हुन लागेको फुटबल रंगशालाको लागि आर्थिक वर्ष ०७५–०७६ मा राष्ट्रिय खेलकुद परिषदले ५३ करोड छुट्टाएको छ ।
नेपालमा आयोजना हुने १३ औ दक्षिण एशियाली खेलकुद (साग)का लागि भन्दै करिब सात महिना अघि अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न परिषदले ग्लोबल टेण्डर आह्वान गरे पनि त्यो सम्भव हुन सकेको थिएन ।
परिषदले पुनः टेण्डर आह्वान गर्दै पोखरा रंगशाला निर्माण गर्न पहिलो चरणमा ५३ करोड बजेट विनियोजन गरेको छ । २२ हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न परिषदले करिब १ अर्ब भन्दा वढी नै लाग्ने अनुमान गरिसकेको छ । यद्यपी रंगशाला निर्माणका लागि परिषदले दोश्रो पटक टेण्डर आह्वान गरिसकेको छ । उक्त ग्लोबल टेण्डर भने अबको केही दिन पछि खुल्ने छ ।
पोखरा फ्टबल स्टेडियमकालागि ५३ करोड बजेट बिनियोजन भएपछि अब केही आशा पलाएको फुटबल प्रेमीहरुले गर्न थालेका छन । कास्कीमा खेलकुद पूर्वाधार बिकासकालगि आर्थिक वर्ष २०७५–०७६ का लागि करिव ६१ करोड विनियोजित भएको छ ।
त्यसै गरि आर्थिक वर्ष ०७५–०७६ मा रंगशालाभित्र निर्माणाधिन व्याडमिन्टन कभर्ड हलको लागि १० लाख रुपैयाँ बिनियोजन गरिएको छ । करिब ३ करोड ५० लाखको खर्चमा निर्माणाधिन व्याडमिन्टन कर्भडहलको छाना छाउने तयारी हुँदैछ । उक्त ३ करोड ५० लाख मध्ये आधा रकम परिषद र आधा कास्की जिल्ला व्याडमिन्टन संघले खर्च गर्दैछ ।
१३ औं दक्षिण एशियाली खेलकुद सागलाई लक्षित गर्दै आर्चरी खेल मैदानका १० लाख रुपैयाँ छुट्टाइएको छ । करिब १ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको आर्चरी खेल मैदानमा अत्यावश्यक अन्य पूर्वाधार निर्माण हुन बाकी रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । मैदान भित्र दुवो रोप्ने, शौचालय मर्मत र भवनको पनि मर्मत गर्नु पर्ने उनले बताए ।
पोखरा रंगशाला भित्र सुनिश्चिता बजेट अन्र्तगत करिब ९० लाख रुपैयामा निर्माण सम्पन्न हुन लागेको ह्याण्डबल एकेडेमीको थप ह्याण्डबल कोर्ट बिकास गर्न परिषदले यस आर्थिक वर्षमा ८० लाख छुट्टाएको छ । हाल उपभोक्ता समिती मार्फत निर्माणको अन्तिम चरणमा पुगेको ह्याण्डबल एकेडेमीमा कोर्टसहित चेन्जिङ रुम, कक्षा कोठा, शौचालय लगायतका पुर्वाधार बनाइएको छ भने कोर्टसँगै दुई स्टेपको प्यारापिट र तार जालीले घेरिएको छ ।
पोखरा रंगशााला भित्र सागलाई लक्षित गर्दै ह्याण्डबलको डोम राख्ने शेप अन्तर्गत ४ करोड बिनियेजन गरिएको छ । एक वर्ष अघि नै करिव १२ करोडको वातानुकुलित डोम पोखरा ल्याउने भनिएपनि त्यो कागजमै सिमित भएको थियो ।
३ वर्ष अघि निर्माण शुरु गरिएको पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हल फिनिसिङ गर्न परिषदले १ करोड रुपैयाँ छुट्टाएको छ । उक्त रकम हल भित्र पार्र्के्टिङ, सिट र साउण्ड सिष्टम जडान र वाह्य सजावटका लागि खर्च गरिने विनियोजित शिर्षकमा उल्लेख गरिएको छ ।
परिषदले लन टेनिस कोर्टलाई पहिलो चरणमा १ करोड रुपैयाँ बिनियोजन गरेको छ । परिषदले ३ करोड ४५ लाखको लागतमा क्ले कोर्ट, हार्ड कोर्ट, प्यारापिट तथा चेन्जिङ, शौचालय निर्माण गर्न टेण्डर प्रक्रिया सकिइसकेको छ । आरएनसी विल्डर्स काठमाडौ मार्फत निर्माण हुन लागेको टेनिस कोर्टको परिषदले सम्झौता समेत गरिसकेको छ । अब केही दिनमा निर्माण सुरु हुने परिषदले जनाएको छ ।
परिषदले पोखरा महानगरपालिका वडा नं २२ स्थित पूम्दी भूम्दी द्वारे खरवारी खेल मैदानका लागि ५० लाख विनियोजन गरेको छ । सागलाई टे«निङ सेन्टरको रुपमा लक्षित गर्दै पूर्वाधार निर्माण गरिने परिषदले विनियोजित बजेटको शिर्षकमा उल्लेख गरेको छ ।
त्यसै गरि लामाचौर बास्केटबल कोर्टको लागि १० लाख रुपैयाँ हेम्जा स्थित गौरिशंकर खेल मैदान पूर्वाधार बिकासका लागि ५० लाख, लामाचौर गोष्ते खेल मैदानका लागि ५० लाख तथा पोखरा रंगशाला भित्रको क्रिकेट स्टेडियमका लागि १० लाख र ट्रायथोलन पूर्वाधार बिकासका लागि ५ लाख विनियोजन गरिएको छ । पोखरा वडा नै २२ मा बन्न लागेको ट्रायाथोलनको पूर्वाधार बिकासका लागि यस अघि नै २५ लाख आइसकेकोछ ।
कास्की बाट प्रतिनिधित्व गर्दै जगत बहादुर विश्वकर्माले यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाले लगतै कास्कीको खेलकुद पूर्वाधार बिकासले गति लिने देखिन्छ ।