विश्वकप २०१८ः जापान, कालोम्विया, इङल्याण्ड र बेल्जियम प्रिक्वाटरमा

एजेन्सी १५ असार
रसियामा जारी विश्वकप अन्र्तगत समुह एच को खेल भने रोमाञ्चक रह्यो । नकआउट अर्थात प्रि क्वाटरमा प्रवेशका लागि जब फेयर प्लेको सहारा लिइयो तब सेनेगल जापान भन्दा बढी एलो कार्ड खाएको कारण प्रि क्वाटरमा प्रवेश गर्न पाएन ।
आफ्नो समुहको तिन खेलमा जापानले ४ र सेनेगलका खेलाडीले ६ एलो कार्डको सामना गरेका थिए ।

गए राति सम्पन्न खेलमा जापान आफ्नो समुह पोल्याण्ड संग १–० गोलले पराजित भए पनि एशिया महादेश बाट दोश्रो चरणमा प्रवेश गर्ने जापान एक्लो राष्ट्र बनेको छ । पोल्यान्डका लागि जान बेन्डनारेकले ५९ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै सोही समुहको खेलमा कोलम्बियाले सेनेगललाई १–० गोल ले हराएको थियो । कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

खेलमा कोलोम्बिया संग बराबरी गरे पनि दोश्रो चरणमा सेनेगल पुग्न सक्ने सम्भावना प्रवल थियो । तर कोलोम्बियाका डिफेन्डर ऐरी मिनाले ७४ औं मिनेटमा गोल गर्दै टिमका लागि कठिन जित दिलाएका थिए ।

यता दोश्रो खेलमा बेल्जियमले भने आफ्नो समुह जि मा इङल्याण्डलाई १–० गोलले हराउँदै समुह बिजेता बनेको छ । बेल्जियमका लागि एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल गरेका थिए । समुहको दोश्रो खेलमा ट्युनेसियाले पानामालाई २–१ ले हराएको थियो । तर यो खेल विश्वकपको पर्दशन खेल मात्रै रह्यो ।

प्रिक्वाटर चरणको खेलमा जापानले बेल्जियमको सामना गर्नेछ भने कोलोम्बियाले इङल्याण्ड संग भेट पक्का गरेको छ । शनिबार बाट प्रिक्बाटरका खेलहरु हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close