
काठमाडौ, १४ असार ।
नेपाल स्थित थाइ राजदुताबासको सहयोगमा तथा नेपाल राष्ट्रिय मुवाथाई संघको आयोजनामा नेपाल स्थित मुवाथाइका सम्पुर्ण रेफ्रिहरुका लागी काठमाडौमा रेफ्रि कोर्ष संचालन हुने भएको छ ।
राजदुताबास द्वारा जारी विज्ञप्तीमा यहि असार १९ गते देखि २१ गते सम्म संचालनहुने उक्त कोर्षमा मुवाथाइको खेलका नियमहरुका बारेमा रेफ्रिहरुलाई प्रशिक्षण प्रदान गरिने छ ।
थाइलैण्ड स्थित ल्यानाफाइटिङका ४ जना व्यवसायिक प्रशिक्षक द्वारा दिइने प्रशिक्षणमा मुवाथाइ खेलका नयाँ ज्ञान, पन्चिङ, किकिङ र घुँडाले रोक्ने, प्रहार तथा आत्मरक्षा गर्ने लगाएत मुवाथाइ खेलको नयाँ स्कोरिङका बारेमा समेत ज्ञान दिइनेछ ।
उक्त प्रशिक्षण लैनचौर स्थित शैनिक शारिरिक तालिम केन्द्रमा हुने विज्ञप्तीमा उलेख्ख गरिएको छ