‘खेलकुदमा महिला सहभागितालाई बृद्धि गर्नु मुख्य उद्देश्य’ : सदस्य–सचिव

काठमाडौ,१४ असार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले राखेपले सञ्चालन गर्ने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमको मुख्य उद्देश्य खेलकुदमा महिला सहभागितालाई अझ बृद्धि गर्नु रहेको बताएका छन् ।

‘हामीले सञ्चालन गरेको कार्यक्रमको मुख्य उद्देश्य बढी भन्दा बढी महिलालाई खेलकुद प्रति आकर्षित गर्ने हो । त्यसपछि खेलकुदको माध्यमबाट महिला हिंसा न्युनिकरण गर्नु पनि हो ।’– उक्त कार्यक्रमका लागि प्रशिक्षण दिन जाने टोलीलाई ब्रिफिङसहितको बिदाइ कार्यक्रममा सदस्य–सचिव विष्टले उक्त कुरा बताएका हुन् । टोली बिहीबारै विभिन्न जिल्लामा प्रशिक्षण र कार्यक्रम सञ्चालन गर्न प्रस्थान गरेको छ ।

सदस्य–सचिव विष्टले महिलालाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै उहाँको आत्मविश्वास बढाउन सफल भए मात्र कार्यक्रम सफल हुने बताउदै बताउदै प्रारम्भिक चरणमा कार्यक्रम सातै प्रदेशका विभिन्न ४१ जिल्लामा सञ्चालन हुने जानकारी दिए ।

प्रत्येक जिल्लामा कार्यक्रम ३ दिन चल्नेछ जस्मा ३० मिनेट सैद्धान्तिक र ९० मिनेट आत्मरक्षा सम्बन्ध तालिम प्रदान गरिने छ ।

पहिलो चरणमा कार्यक्रम असार १५ देखि २५ गतेसम्म सञ्चालन हुने र साउनदेखि वर्षभरि कार्यक्रमले निरन्तरता पाउने सदस्य–सचिव विष्टले बताए । कार्यक्रमको नारा ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close