कास्कीमा नयाँ खेलकुद संघको रुपमा ‘टग अफ वार’ गठन

पोखरा, १४ असार
कास्की जिल्ला खेलकुद बिकास समिती कास्कीमा रस्सा कस्सी सम्बन्धी खेल ‘टग अफ वार’ को जिल्ला संघ गठन भएको छ ।

कास्की जिल्लामा ८३ औं संघको रुपमा दर्ता भएको कास्की जिल्ला टग अफ वारको जिल्ला अध्यक्षमा शंकर गौतम चयन भएका छन । सेवा निवृत गौतम कास्कीका पूर्व जिल्ला शिक्षा अधिकारी समेत रहेका थिए ।

त्यसै गरि संघको उपाध्यक्षमा योगेन्द्र बस्नेत र लिलकाजी गुरुङ रहेका छन । उपाध्यक्ष बस्नेत पनि शिक्षा क्षेत्र बाटै निर्देशक पद बाट सेवा निवृत नै हुन । संघको सचिबमा निर्मल खत्री र कोषाध्यक्षमा डेल भिम पौडेल रहेका छन । पौडेल पर्यटन ब्यबसायी हुन ।

त्यसै गरि संघको नवगठित सदस्य पदमा विनोद राज पौडेल, अन्जु क्षेत्री, राजु कुमार थापा, कौशिल्या गुरुङ र नारायण शाही ठकुरी रहेका छन । ठकुरी नेपाल खेलकुद पत्रकार मंचका समेत कार्यसमिती सदस्य हुन ।

नवगठित कार्यसमितीका अध्यक्ष गौतमले शारिरिक र मानसिक रुपले खेलिने यो खेलले पक्कै पनि कास्कीमा गति लिने बताए । यो खेल हाम्रो परम्परा संग जोडीएकोले पनि यूवा पुस्ताले यो खेल सिक्न र खेल्न आवश्यक रहेको उनले बताए ।
कास्कीको ८३ औ र कान्छो संघको रुपमा गठन भएको यो खेलले पक्कै पनि कास्कीमा छिट्टै बिकास हुने कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले बताए । कास्कीमा नाम मात्रका झोले संघ धेरै भए पनि यो संघले आफ्नो उद्धेश्य अनुरुप कार्य गर्न सफल हुने अध्यक्ष गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close