विश्वकप २०१८ः डिफेन्डिङ च्याम्पियन जर्मनी बाहिरियो

एजेन्सी– असार १४ ।
डिफेन्डिङ्ग च्याम्पियन जर्मनी बुधबार रसियामा जारी विश्व कपबाट बाहिरिएको छ । चार वर्षअघिको विश्व विजेता जर्मनी कोरिया संगको लज्जाजनक पराजय पछि घर फर्किन बाध्य भएको हो । चार वर्ष अघि ब्राजिलमा अर्जेन्टिनालाई हराउँदै जर्मनीले विश्व कप उपाधि उचालेको थियो । तर जर्मनी रसियामा कोरिया संग २–० गोलले पराजित हुँदै घर फर्केको छ ।

कोरियाले खेलको अतिरिक्त समयको ९२ औ मिनेटमा किम योङ्गर ९६ औं मिनेटमा सुन ह्योङ्ग मिनले गोल गरेका थिए ।
रसियामा जारी विश्वकप अन्र्तगत समुह एफको खेलमा कोरिया संग पराजित भए पछि जम्मा तिन अंक बटुल्दै घर फर्किन बाध्य भएको हो । जर्मनीले मेक्सीको संग १–० गोलले हारेको थियो भने स्वेडेन संग एक मात्र खेल २–१ गोलले जितेको थियो ।

समुह एफ बाट स्वेडेनले मेक्सिकोलाई ३–० ले जित हासिल गरेको छ । समुह बाट स्वेडेन र मेक्सीको नक आउट चरणमा प्रवेश गरेका छन । एक मात्र खेल जितेको कोरिया पनि घर फर्किने छ ।

त्यसै गरि सम्पन्न खेलमा ब्राजिल र स्विट्जरलैण्ड समुह ई बाट दोश्रो चरणमा प्रवेश गरेका छन । गए राती सम्पन्न खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले पराजित ग¥यो भने स्विट्जरलैण्ड र कोष्टारिकाको खेल २–२ को बराबरीमा सकियो । ब्राजिलका लागि पाउलिन्होले ३६ औं मिनेट र ६८ औं मिनेटमा थियागो शिल्भाले गोल गरेका थिए ।

नकआउट चरणमा ब्राजिलले मेक्सिको संग खेल्नेछ भने स्वेडेनले स्विट्जरलैण्ड संगको भेट पक्का गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close