पोखराको शान ‘बुल्समेन क्लब’

केशब पाठक,
पोखरा, १३ असार
बुल्समेन सुरुमा नाम सुन्दै अचम्भ मान्छन जो को ही । तर पोखरामा बुल्समेनले खेलकुद र सामाजिक क्षेत्रमा राम्रो प्रभाव छोडेको छ । आज भन्दा ठिक ७ वर्ष अघि पोखरेली शारिरिक सुगठनमा लागेका ठिठाहरुले बुल्समेन क्लब नामाकरण गर्दै समाहित भए । त्यो क्लबले अहिले शरिरिक सुगठनमा लागेकाहरुलाई मात्रै नभएर सबै पोखराको पनि शान बढाएको छ ।

पोखरा रंगशाला भित्रै शारिरिक सुगठनमा लागेका केही यु्वाहरु पोखरामा यो खेललाई क्लब स्थापन गरेरै भए पनि गति दिन कस्सिए । त्यती बेला ५० जना थिए अहिले बढेर २ सय जना पुगेका छन क्लबका अध्यक्ष नुना गुरुङ भन्छन– “जुन सोचका साथ अघि बढ्यौं त्यो सफलताको धेरै नजिक पुगेको अनुभुती भएको छ ।”

संस्था स्थापना भए संगै पोखरामा एउटा ठूलो सांगितिक इभेन्ट आयोजना भयो । त्यस्को लागि शुरक्षार्थ शारिरिक रुपले बलिया युवाहरुको खोजी भयो अनि बुल्समेन क्लब त्यती बेला काममा आयो । क्लबका सदस्यहरुले रोजगार पाए नुना आफ्नो अनुभुती राख्छन “अहिले पनि कुनै कार्यक्रम भयो भ्याइ न भ्याइ नै हुन्छ बेरोजगार बस्नु परेको छैन । त्यही भएर पनि क्लबले गति समातेको हो । अहिले पनि क्लबका धेरै सदस्यहरु पार्ट टाइम काम गर्छन अनि दैनिक १ हजार ५ सय कमाउछन ।” उनी भन्छन –“बुल्समेनका सदस्यलाई खाडी धाउन परेको छैन ।”

बुल्समेन क्लबको काम खेलकुदमा लागेका बेरोजगारहरुलाई रोजगार तर्फ उन्मुख गराउन त छदैछ तर त्यो भन्दा पनि शारिरिक सुगठनको खेललाई माथी उठाउनु प्रमुख लक्ष्य पनि हो । बुल्सम्यान क्लबले ६ वर्ष अघि पोखरामा सुरु गरेको शारिरिक सुगठन प्रतियोगिताले अन्तर्राष्ट्रिय रुप लिंदैछ । तिन वर्ष अघि सानो रुपमा सुरु भएको बुल्समेन शारिरिक सुगठन प्रतियोगिताको पुरुस्कारको राशि नै तिन लाख पुगेको छ । यो प्रतियोगिता भदौ १५ र १६ गते आयोजना हुँदैछ ।

बुल्समेन स्थापन पछि पोखरामा जिम हल खुल्नेहरु बाढी नै आए जस्तै छ । “कुनै बेला व्यवस्थित जिम हेर्न राजधानी धाउनु पर्ने बाध्यता थियो” अध्यक्ष नुना भन्छन “तर अहिले पोखरामा १५ भन्दा वढी व्यवसायिक जिमहलहरु खुलेका छन जसमा १२ करोड भन्दा बढीको लगानी भइसहेको छ भने धेरै पोखरेलीहरु जिम गएर आफु स्वस्थ बन्ने पनि उत्तिकै छन ।”

पोखरामा जती जिम हल खुले पनि स्वस्थ्य शरिर बनाउन ‘न्युट्रिशियन’ र ‘डाइट’ को उत्तिकै ख्याल गर्नुपर्नुे नुना जोड दिन्छन । उनी भन्छन “पोखरामा न्यट्रिशियन र डाइटिशियनको अभाव छ, जिमले स्वस्थ शरिर बनाउन २० प्रतिशत सहयोग गर्छ भने ८० प्रतिशत आहार–विहारले नै हो, तर जिम हलमा जाने मात्रै होइनन अन्य खेलकुदमा लागेकाहरुको अवस्था पनि उस्तै छ ।” राज्यले यो बारे चासो दिनु पर्ने कुरामा उनी जोड दिन्छन ।

बुल्समेन क्लबलाई अब ब्यवसायिक क्लब बनाउने अध्यक्ष नुनाको योजना छ । अब पनि संस्थालाई व्यबसायिक नबनाउने हो भने अगाडी वढन नसकिने उनको स्पष्ट धारणा छ । “एक जना राष्ट्रिय स्तरको खेलमा सहभागिता जनाउन एक जना खेलाडीले न्यनतम ८ देखि १० लाख खर्च लाग्छ” उनी भन्छन–“एक जना विपन्न खेलाडीले यस बारे सोच्न पनि सक्दैन ।” यसको समाधानका लागि बुल्समेन क्लबले अब १ करोडको अक्षय कोष स्थापन गर्ने सोच भएको उनले बताए ।

गरिब तथा विपन्न खेलाडी जो शारिरिक सुगठनमा लाग्न चाहन्छन उनीहरुका लागि निशुल्क प्रशिक्षण र डाइटको व्यवस्था गर्ने र पोखरामा एकेडेमी संचालन गर्ने अभियानमा क्लब लागेको अध्यक्ष नुनाले बताए । “एकेडेमी संचालन गर्न सक्यौं भने शिक्षा संगै प्रशिक्षण दिन सक्छौ र एकेडेमीमा बस्नेहरुका लागि पनि रोजगारको शुनिश्चिता गर्न सक्छौ ।”

अहिले जसरी शारिरिक सुगठन खेलमा पोखराको शान बढेको छ त्यस्को ठूलो देन पनि बुल्समेन कलब नै हो । कुनै बेला राजधानीका खेलाडीको तुलनामा निकै पुछारमा रहेको खेललाई अन्तर्राष्ट्रिय स्तर सम्म पु¥याउन पोखराको बुल्समेनले निकै सहयोगी भूमिका खेलेको छ । सामाजिक र खेल क्षेत्रमा बुल्समेनले खेलेको भूमिकालाई नजर अन्दाज गर्न पक्कै सकिन्न । पोखराको शान र मानलाई बढाउन बुल्समेन क्लबले खेलको भूमिकाप्रति पोखरेलीहरुको छाती गर्वले फुलेको पक्कै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close