विश्वकप २०१८ः फ्रान्स, डेनमार्क, अर्जेन्टिना र क्रोसिया दोश्रो चरणमा

एजेन्सी– १३ असार ।
रसियामा जारी विश्वकप अन्र्तगतको खेलमा पहिलो पटक गोल रहित बराबरीमा सकिएको छ । समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा सकिएको हो । गोल रहित बराकरीमा सकिए पनि दुबै टिम भने दोश्रो चरणमा भने प्रवेश गरेका छन ।

त्यसै गरि सम्पन्न दोश्रो खेलमा पेरुले अष्ट्रेलियालाई २–० गोल अन्तरले हराए पनि दोश्रो चरणको यात्रा भने दुबै टिमका लागि सकिएको छ । पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा र कप्तान पाउलो गुरेरोले ५० औं मिनेटमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाएका थिए । विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्र्जेिन्टनाले खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेका छन । क्रोएसियाले विश्वकपमा डेव्यू गरेको आइसल्यान्डलाई र अर्र्जेिन्टनाले नाइजेरियालाई समान २–१ गोलले हराउँदै दोश्रो चरणमा स्थान पक्का गरेका हुन ।

खेलमा स्टार खेलाडी लियोनल मेस्सीले १४ औं मिनेटमा टोलीलाई अग्रता दिए पनि नाइजेरियाका लागि भिक्टर मोजेजले ५१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्कोर बराबर पारेका थिए । खेलको ८६ औं मिनेटमा अर्जेन्टिनाका लागि डिफेन्डर मार्कोस रोहोले गोल गर्दै अर्जेन्टिनालाई कठिन जित दिलाए । तर सोही समुहको अर्को खेलमा आइसल्याण्ड क्रोसिया संग बिजयी बनेको भए अर्जेन्टिनाको विश्वकप यात्रामा बिराम लाग्ने थियो । क्रोसियाले आइसल्याण्डलाई हराएपछि मात्रै अर्जेन्टिना दोश्रो चरणमा प्रवेशको मौका पाएको हो ।

क्रोएसियाका लागि मिलान बाडेल्जले खेलको ५३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । खेलको ७६ औं मिनेटमा आइसल्यान्डका सिगर्ड्सनको पेनाल्टी मार्फत गोल गर्दै बराबरी गरेका पनि ९० औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै  दोश्रो चरणको यात्रा क्रोसियाका लागि मात्रै नभएर समुहको अर्जेन्टिनालाई पनि सहज बनाए ।

दोश्रो चरणमा फ्रान्सले अर्जेन्टिना र क्रोसियाले डनमार्क संग भेट पक्का गरेको छ भने नकआउट चरणमा नै आयेजक रसियाले स्पेन संग र उरुग्वेले पोर्चुगल संग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close