विश्वकप २०१८ः उरुग्ये, रसिया, स्पेन र पोर्चुगल दोश्रो चरणमा

एजेन्सी १२ असार
रसियामा जारी फिफा विश्वकप २०१८ मा आयोजक रसिया, उरुग्ये, स्पेन र पोर्चुगलले दोश्रो चरणको खेलमा सुरक्षित राखेका छन ।
सोमबार सम्पन्न खेलमा आयोजक रसियालाई उरुग्येले ३–० गोल अन्तरले पराजित गरेको छ ।

उरुग्ये ९ अंकका साथ समुह ए को बिजेता बनेको छ भने रसिया समुहमा दुई खेल जित्दै ६ अंकका दोश्रो स्थानमा छ । खेलमा उरुग्येका लागि लुइस स्वारेजले फ्रिकिक मार्फत टोलीलाई अग्रता दिए भने खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलले अयोजकलाई झनै निराश पा¥यो ।

उता रुसका लागि इगोर स्मोलनिकोभले रातो कार्ड पाएपछि आयोजक झनै दवावमा प¥यो । दोस्रो हाफको ९० औं मिनेटमा एडिन्सन काभानीले तश्रो गोल गर्दै जितलाई सहज पारे ।

प्रतियोगिताबाट बाहिरिसकेका साउदी अरेबियाले इजिप्टलाई २–१ ले हराउँदा इजिप्ट अंक विहिन हुँदै घर फर्केको छ । इजिप्टले मोहम्मद सलाहको गोलमा अग्रता लिए पनि साउदी अरेबियाले पेनाल्टी मार्फत गोल फर्काएको थियो । साउदीका लागि अलडसरीले अन्तिमा मिनेटमा गोल गर्दै साउदीलाई जित दिलाएका हुन् । समुह ए मा रहेका यि दुबै टिम भने घर फर्कने छन ।

उता समुह बि को खेलमा स्पेन र पोर्चुगल समुहको विजेता र उपबिजेता बन्दै दोश्रो चरणमा प्रवेश गरेका छन । समूहको अन्तिम दुई खेलमा पोर्चुगलले इरान तथा स्पेनले मोरोक्कोसँग बराबरी खेलेका छन । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेलेका हुन । तिन खेलमा समान १ जित र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान ५ अंक  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close