‘लागू पदार्थको रोकथाम–खेलकुदको अभियान’ अन्तरक्रिया

काठमाडौं, ११ असार ।
नेपाल स्पोर्ट्स फेडेरेसन अगेन्स्ट ड्रग्स एन्ड एड्स तथा नेपाल हेल्थ सोसाइटीले लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर शनिबार ‘लागू पदार्थको रोकथाम– खेलकुदको अभियान’ अन्तरक्रिया आयोजना ग¥यो ।

त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भएको अन्तरक्रियामा डा. जया सत्यालले लागू पदार्थ सेवन गर्न रोक्नु सरकारको मात्र नभइ सबैको दायित्व भएको बताइन् ।

आयोजक संघका अध्यक्ष ऋषिराज ओझाले खेलकुदको माध्यबाट दूव्र्यसनीमा फसेकालाई उद्धार गर्ने सुरुआत भइरहेको बताउदै खेलकुदकै माध्यबाट लागू पदार्थ र एड्स विरुद्ध जनचेतना जगाउने अभियानको समेत थालनी गरेको बताए ।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले खेलकुदमा पनि जानी नजानी प्रतिबन्धित औषधि सेवन गरेको पाइएकोले खेलाडीको चेतना बढाउन सरोकार निकाय सतर्क हुनुपर्नेमा जोड दिए ।

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले दिवसका दिन मात्र कार्यक्रम गरेर नपुग्ने बताउदै बाँकी समयमा पनि निरन्तर चेतना अभिबृद्धि गर्ने कार्यक्रम गर्नुपर्ने आवश्यकता औल्याए ।

गृह मन्त्रालयका प्रतिनिधि नारायणप्रदास दवाडीले लागू पदार्थ सेवनले व्यक्तिगत मात्र नभइ सिंगो पारिवारिक जीवननै प्रभावित गर्ने धारणा व्यक्त गर्दै यो अभियानमा राष्ट्रिय खेलकुद परिषद्संग समझदारी गर्न गृह मन्त्रालय तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close