राष्ट्रिय पारा खेलकुदमा साधनालाई स्वर्ण

काठमाडौं, ११ असार ।
प्रथम राष्ट्रिय पारा खेलकुद अन्तर्गत राष्ट्रिय बोसिया प्रतियोगिताको बीसी १ समूहको महिलामा साधना घिमिरेले सोमबार स्वर्ण जितेकी छन् । निलम अधिकारी दोश्रो र सुशान्त गुरुङ तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय बोसिया संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बीसी २ समूहको पुरुषमा मानबहादुर भुजेल पहिलो, पंकजप्रसाद गुप्ता दोश्रो र प्रकृति भट्टराई तेश्रो भए । बीसी ३ को पुरुषमा अंकित श्रेष्ठले स्वर्ण, सुशान्त दवाडीले रजत र लक्ष्मी मगरले कांस्य जिते । बीसी ४ को महिलामा सम्झना भट्टराई प्रथम, सीता ढकाल द्वितीय र सुकुमाया तामाङ तृतीय बने । बीसी ५ को पुरुषमा सन्तोष सन्जेल पहिलो, रुपेश लामिछाने दोश्रो र सफल तामाङले तेश्रो स्थान हात पारे ।

जोडीतर्फको प्रतिस्पर्धामा सन्जु कँडेल र हुमकान्त कँडेल, कुमारी भुजुङ र डोल्का रोका तथा गंगामाया र प्रिता बलको जोडी क्रमशः शीर्ष तीन स्थानमा रहे ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने प्रतियोगितामा सात प्रदेशबाट ५० खेलाडीले विभिन्न ६ स्पर्धामा सहभागिता जनाएको बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलले जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close