आयोजक गरुडालाई उपाधि

काठमाडौं, १० असार ।
चौधौ गरुडा कप फुटबल प्रतियोगिताको उपाधि आयोजक गरुडा स्पोर्ट्स क्लबले जितेको छ । फाइनलमा गरुडाले साथी सस्थालाई ३–२ ले पराजित गर्दै पहिलो स्थान हात पारेको हो ।

प्रतियोगितामा आयोजक गरुडा स्पोर्ट्स क्लबका दुइ सहित ६ बालगृहका गरी कुल आठ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष कमल लामाले जानकारी दिए । प्रतियोगिताको समापनमा प्रमुख अतिथी इन्टरनेसनल स्कुल अफ नाइसकी सिएस प्रमुख माइयोन टिसरले पुरस्कार प्रदान गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close