
पोखरा, १० असार ।
लायन्स क्लब अफ हेमजाको आयोजनामा भएको चौथो अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा सुन्दर नगरीले चुमेको छ ।
आइतवार भएको फाईनल खेलमा लायन्स क्लब अफ पोखरा ग्लोवल लेकसिटीलाई ६–२ ले पराजित गर्दै पोखरा सुन्दर नगरीले उपाधी चुमेको हो ।
विजेता पोखरा सुन्दर नगरीले ३० हजार ट्रफी र प्रमाण पत्र पायो भने उपविजेता वनेको पोखरा ग्लोवल लेकसिटीले २० हजार ट्रफी र प्रमाण पत्र हाता पारेको छ।
प्रतियोगितामा म्यान अफ दि म्याच पोखरा सुन्दर नगरीका गम्भीर परियार, सार्वधिक गोलकर्तामा लायन्स क्लब अफ पोखरा डाउन टाउनका दिलिप गुरुङ, सर्वोकृष्ट खेलाडीमा पोखरा सुन्दर नगरीका राजेन्द्र तामाङ, उत्कृष्ट गोलकिपरमा पोखरा ग्लोवल लेकसिटीका राजेश क्षेत्री र अनुशासित टीममा लायन्स क्लब अफ हेमजा ‘बि’ घोषित भए । उनीहरुले ट्रफी र प्रमाण पत्र हात पारे ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स क्लब अफ ३२५ वि वानका पूर्व डिष्ट्रिक गर्भनर धु्रवबहादुर थापाले फुटसल लायन्स क्लब अफ हेमजाको व्राण्ड बनेको बताए ।
कार्यक्रममा वर्ष २०१८÷०१९ का चिफ एडभाइजर धु्रव श्रेष्ठ, लायन्स क्लब अफ पोखरा सुन्दर नगरीका अध्यक्ष शिव थापा लायन्स क्लब अफ हेमजाका पूर्व अध्यक्ष राजेन्द्र सापकोटा, सहसचिव सन्तमान श्रेष्ठले बोलेका थिए ।
लायन्स क्लब अफ हेमजाका अध्यक्ष नवराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मोतिराज तिमिल्सिना, सचिव हरिश्चन्द्र पौडेलले समेत बोलेका थिए ।