अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा पोखरामा विभिन्न खेल

पोखरा, १० असार
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा पोखरामा आईतबार पनि विभिन्न स्कुलमा मैत्रिपुर्ण खेल आयोजना भएको छ ।

पोखरा रामबजारमा रहेको लेखनाथ विभुती माविमा आईतबार कक्षा ८ देखि १० कक्षासम्मका छात्र–छात्राहरु बिच मैत्रिपुर्ण बास्केटवल र पोखराको नदीपुरमा रहेको माउन्ट अन्नपुर्ण माविमा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

ओलम्पिक दिवसको अवसरमा बिद्यालयमा मैत्रिपुर्ण बास्केट बल प्रतियोगितामा बिद्यार्थीहरु उत्साहजनक रुपमा सहभागि भएको लेखनाथ विभुती माविका संस्थापक तथा प्रिन्सिपल श्रीकृष्ण अधिकारीले बताए ।

नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङ, बिद्यालयका संस्थापक प्रिन्सिपल श्रीकृष्ण अधिकारी, बिद्यालयका संस्थापक रेखा थापा कार्की, पुर्व खेलाडी शान्ति थापा बैद्य, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष दीननाथ बरालले खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कक्षा ८ देसिख १० कक्षासम्मका ४१ जना बिद्यार्थीहरु सहभागि भएको बुद्धिचाल प्रतियोगितामा कक्षा ८ का विश्वाश धिताल प्रथम, कक्षा १० का दिपेन छन्त्याल दोश्रो र कक्षा ८ का अनुकुल श्रेष्ठ तेश्रो भए ।

यसैबिच, सोमबार कसमस ईन्टरनेश्नल कलेजमा यस बर्ष एसईई दिएर बसेका बिद्यार्थीहरु बिच बुद्धिचाल प्रतियोगिता हुने भएको छ । करिब ८ बिद्यालयका २२ जना खेलाडीहरु सहभागि हुने अनुमान गरिएको कमिटिका सदस्य गुरुङले बताए ।

बिद्यार्थीहरुको शैक्षिक बिकाससंगै खेलकुदको विकास गराउने उद्धेश्यले ओलम्पिक दिवसको सन्दर्भमा विभिन्न बिद्यालयमा विभिन्न खेलको मैत्रिपुर्ण खेलकुद आयोजना गरिएको नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close