विश्वकप २०१८ः इङलैण्ड र पानामाको खेलमा बने केही नयाँ किर्तिमान

एजेन्सी– १० असार
रसियामा जारी विश्वकप अन्र्तगत इङलैण्ड र पानामा बिचको खेलमा केही नयाँ किर्तिमानहरु बनेका छन । खेलमा इङलैण्ड ६–१ गोल अन्तरले बिजयी भए संगै जारी विश्वकपमा खेल एउटै खेलमा यति धेरै गोल गर्ने इङलैण्ड नै भएको छ ।

इङलैण्डले खेलको पहिलो हाफ सम्म पाँच गोल र दोश्रो हाफमा एक गोल गर्दै आफ्नो देशका लागि किर्तिमानी गोल संख्या ६ पु¥याएको थियो ।

खेलको ८ औं मिनेटमा जोन स्टोन्सले इङलैण्डका लागि खाता खेलेका थिए उनले नै ४० औ मिनेटमा दोश्रो गोल थपे । इङलैण्डले दुइ गोल पेनाल्टी मार्फत गरेको हो । इङलैण्डका टिम कप्तान हेरी केनले ४५ औं र खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टी मार्फत गोल गरेका थिए । जेसी लिङगार्डले खेलको ३६ औं मिनेटमा गोल गरे ।

जारी विश्वकपमा खेलको ६२ औं मिनेटमा कप्तान हेरी केनले तेश्रो गोल गर्दै विश्वकपमा ह्याट्रिक गर्नेमा बर्ट पेटेनोर्ड र पेले पछि आफ्नो नाम लेखाएका छन ।

१९६६ विश्वकप पछि यताको कुनै पनि विश्वकपमा इङलैण्डले किर्तिमानी गोल गरेको पहिलो पटक हो । १९६६ को विश्वकप बिजेता इङलैण्डले चार गोल सम्म गरेको इतिहास छ ।

खेलमा पानामाले विश्वकप खेल इतिहासमा नै पहिलो पटक गोल गरेको छ । खेलको ७८ औं मिनेटमा फिलिपी बालोयोले गोल गर्दै पानामाका लागि विश्वकपमा इतिहास रचे ।

समुहमा बेल्जियम र इङलैण्ड संगको पराजय पछि पानामाले अन्तिम खेल ट्युनिशिया संग खेल्नेछ । दुबै टिमका लागि यो खेल औपचारिकतामा मात्रै सिमित हुनेछ । अंकको अधारमा इङलैण्ड ६ अंकका साथ समुहको पहिलो स्थानमा छ भने बेल्जियम पनि ६ अंकका साथ गोल गरेको संख्याका आधारमा दोश्रो स्थानमा छ ।

स्मरण रहोस इङलैण्ड १९६६ मा फिफा विश्वकप बिजेता समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close