
पोखरा, १० असार
पोखरा लेखनाथ महानगरले तेस्रो नगरसभामा प्रस्तुत गरिएको निती तथा कार्यक्रम बाट करिब २ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिशी द्वारा प्रस्तुत निती तथा कार्यक्रममा प्रस्तुत ६ अर्व ५३ करोड ६५ लाख ५० हजारकोे बजेटमा खेलकुदका बिकासका लागि भने सिमित रकम विनियोजन गरिएको हो ।
मेयर जिशी द्वारा प्रस्तुत निती तथा कार्यक्रममा महानगरको खेलकुद पूर्वाधार बिकासका लागि १ करोड बजेट विनियोजन गरिएको छ भने क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो महानगरपालिकामा अन्तर वडा तथा नगरस्तरीय खेलकुदका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसै गरि प्रस्तुत गरिएको निती तथा कार्यक्रममा मेयर कप खेलकुद कार्यक्रमलाई निरन्तरता दिंदै ५० लाख र खुल्ला व्यायमशाला निर्माण तथा संचालनको लागि ९० लाख विनियोजन गरिएको छ ।
पोखरा लेखनाथ महानगर भित्र पोखरा रंगशाला, लेखनाथ स्थित भण्डारढिक खेल मैदान, लामाचौरको गोत्से खेल मैदान, मालेपाटन खेल मैदान लगाएत अन्य महत्वपूर्ण खेल मैदानहरु लामो समय देखि पूर्वाधार बिकासको प्रतिक्षामा छन ।
पोखरामा फुटबल, क्रिकेट लगाएत अन्य खेलमैदानहरुको आधुनिक स्तरमा बिकास गर्न सके खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्न सक्ने आवाज लामो समय देखि उठीरहेको छ भने प्रस्तुत निती तथा कार्यक्रममा खेलाडीको जिवनवृतीका लागि समेत ठोस कार्यक्रम आउन सकेको छैन ।