ढल्ने भयो पोखरा रंगशालाको पर्खाल, यो वर्षामा ढल्छ

पोखरा, १० असार

पोखरा रंगशाला स्थित दक्षिण तर्फका करिब ५० मिटर पर्खाल करिब करिब भत्किने स्थितमा पुगेको छ ।

पोखरा लेखनाथ महानगर वडा नं १५ को बाटो फराकीलो पार्नेे क्रममा महानगरका प्राविधिकहरुको कमजोरीका कारण पर्खाल भत्किने स्थितीमा पुुगेको हो ।

वडाको बाटो फराकिलो पार्ने क्रममा महानगरका प्राविधिकले अर्को सार्बजनिक महत्वको स्थानलाई चासो नदिइ एकतर्फी रुपमा काम अगाडी बढाउँदा नागरिक समाजको चासो बढेको छ ।

२०५९ सालमा पोखरेली नागरिक समाज, व्यवसायी र विदेशमा रहेका नेपाली नागरिकको पहलमा करिब १ करोडको लागतमा पोखरा रंगशाला संरक्षण अभियान अन्र्तगत पर्खाल निर्माण गरि रंगशालाको ४ सय ३२ रोपनी जग्गामा पर्खालले घेरिएको थियो ।

‘महानगरको प्राविधकको ठूलो त्रुटी छ’ एउटा सार्वजनिक बिकासको काम गर्दा अर्को महत्वपूर्ण सार्वजनिक स्थानको पर्खाललाई नजर अन्दाज गरियो पोखरा १० निवासी बिकास गुरुङले भने –‘यस्तै हो भने यो पर्खाल अब यो वर्षामा भत्किन्छ ।’

‘पर्खाल भत्किने मात्रै होइन सडक छेउमा हिड्नेलाइ समेत खतरामा पारेको छ अब पनि ध्यान नदिनेहो भने मानविय क्षती हुन सक्छ’ पोखरा १० का रमेश भुजेलले भने । यता कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले पर्खालको विषयमा पटक–पटक वडा नं १५ लाई र काम गर्ने ठेकदार लाई जानकारी गराएको बताए ।

‘बारम्बार जानकारी दिंदा पनि वास्ता नभएकोले पर्खाल भत्किएर हुने सम्पूर्ण जिम्म्मा सम्वन्धित वडा, महानगर र ठेकेदारले लिनु पर्ने समेत भनेका छौं’ अध्यक्ष गुरुङले भने–‘भूतपूर्व खेलाडी मंचको पहलमा पोखराका जनताले पेट काटेर बनाएर पर्खाल निर्माण गरि रंगशाला संरक्षण गरेको सम्वन्धित निकायले विर्सनु भएन ।’

उता भूतपूर्व खेलाडी मंच नेपालका अध्यक्ष एवम तत्कालिन पर्खाल निर्माण समितीका सचिब तेज गुरुङले पर्खाल ढल्ने अवस्था देखेर दुःख लागेको बताएकाछन । उनले भने –‘सम्वन्धित निकाय यस्तो अवस्थामा पनि मानै बस्नु उदेक लागेको’ बताउँदै गुरुङले पर्खाल भत्किने अवस्थाले सबै पोखरेली खेलप्रेमीहरुको मन कुडिएको बताए । उनले सम्वन्धित निकायले पर्खाल संरक्षणका लागि पहल थाल्न आग्रह समेत गरे ।

तस्विर ः शुर्दसन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close