खेलकुद मन्त्री विश्वकर्मा स्वदेश फिर्ता

काठमाडौं १० असार ।
श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना गरिएको खेलकुदमा प्रयोग हुने शक्तिवद्र्धक औषधि सेवन विरुद्धको १५ औं एशिया ओसियाना क्षेत्रीय अन्तर सरकारी मन्त्रीस्तरीय वैठकमा भाग लिई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा स्वदेश फर्केका छन ।
बैठकमा सम्बोधन गर्दै मन्त्री विश्वकर्माले अगामी वर्ष नेपालले आयोजना गर्ने दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई डोपिंग प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन मुक्त वनाउने लक्ष्य लिएको बताए । शक्तिवद्र्धक औषधि सेवनविरुद्धको महासन्धिको पक्ष राष्ट्रभएका हिसावले नेपालले यस क्षेत्रमा प्रथामिकताका साथ काम गरिरहेको जानकारी वैठकमा गराए
मन्त्रि विश्वकर्माले कतिपय नीतिगत समस्या, डोपिंग परीक्षणकालागि आवश्यक प्रयोगशालाको अभाव, दक्ष जनशक्तिको अभाव जस्ता चुनौतिको सामना गरिरहेको बताउँदै नेपाल एन्टि डोपिंग एजेन्सी (नाडा) स्थापना गर्ने तयारीमा रहेको बताए । उनले डोपिंग मुक्त स्वच्छ र निष्पक्ष खेलका लागि आवश्यक तालिम र पर्याप्त स्रोत साधनको आवश्यकतामा जोड समेत दिए ।
वैठकमा एशिया ओसियाना क्षेत्रका २९ देशका मन्त्री, सचिव, र डोपिंग विज्ञहरुको सहभागिता रहेको थियो । गतवर्ष चीनमा भएको १४ औ वैठक यता विभिन्न देशहरुले एन्टी डोपिंग अभियान मार्फत स्वच्छ र निष्पक्ष खेलका लागि गरेका गतिविधिहरुको वैठकले समीक्षा गरेको छ । यसमै आधारित भएर एशिय ओसियाना क्षेत्रमा आयोजना हुने ठूला प्रतियाेिगताहरुमा डोपिंग मुक्त बनाउने प्रतिवद्धता सहित ८ वुँदे घोषणापत्र जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close