पोखरामा महिलाहरुलाई लक्षित गर्दै खुल्यो फिटनेश सेन्टर

पोखरा,१० असार
पोखरामा महिलाहरुलाई लक्षित गर्दै फिटनेश सेन्टर खेलिएको छ । महिलाहरुलाई लक्षित गर्दै खोलिएको यस्तो सेन्टर पोखरामा पहिलो हो ।

पोखरा सिमलचौरमा खोलिएको फिटनेश सेन्टरको नाम ‘प्रिटी गर्ल’ दिइएको छ । करिब ६० लाखको लागतमा खोलिएको फिटनेश सेन्टरमा जुम्बा, जिम, स्टिम र बक्सिङको सुबिधा रहेको सेन्टरकी अध्यक्ष अनिला गुरुङले बताइन । सेन्टरमा पाँच जनाले प्रत्यक्ष रोजगार पाएका छन ।

फिटनेस सेन्टरमा एक पटकमा ५० जनाले सम्म जिम गर्न सक्ने छन भने जिममा सुविधा सम्पन्न र आधुनिक सामाग्रीहरुको प्रयोग गरिएको छ । संचालन अएको सेन्टरमा आफ्नो श्रीमान फिटनेश सम्वन्धी भएकोले पनि लगानी गर्न सजिलो भएको गुरुङले बताइन । अनिला गुरुङ संगै सुमन श्रेष्ठ र कुशुम गुरुङ गरि तिन जनाको शंयुक्त लगानीमा फिटनेश सेन्टर संचालनमा ल्याइएको हो ।

अहिले सम्म पोखरामा खेलिएको दर्जनौ फिटनेश सेन्टरमा महिलाहरुका लागि भनेर छुट्टै नभएकोले पनि धेरै महिलाहरुलाई पुरुष संगै जिम गर्नु अप्ठ्यारो भएकोले पनि यस्तो नयाँ अबधारणा ल्याइएको अध्यक्ष गुरुङको भनाई थियो । उनले भनिन –‘फिटेनशका माध्यम बाट महिला शसक्तिकरण अभियान गर्ने योजनामा छौं ।‘

फिटनेश सेन्टर पुरै पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको जानकारी दिंदै गुरुङले जिममा गृहणी र कार्यालय जाने महिला कर्मचारीहरुलाई लक्षित गर्दै विहान देखि साँझ सम्म खोलिने बताइन । ‘अहिले धेरै महिला व्यस्त रहने समय भएकोले पनि आफ्नो स्वास्थ्यको बारेमा ख्याल राख्न सक्ने अवस्था छैन’ अध्यक्ष गुरुङले भनिन–‘त्यसैलै पनि जिममा आएर केही समय दिने हो भने शरिर भने जस्तै फुर्तिलो संगै निरोगी हुन सहयोग पुग्छ ।’

फिटनेस सेन्टरको शुभारम्भका अवसरमा बोल्दै राष्ट्रिय भलिबल टिमका सहायक क्याप्टेन मञ्जु गुरुङले स्वास्थ्यका लागि फिटनेस आवश्यक रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close